लन्डन । बेलायतवासी पर्वतेहरुको संस्था पर्वत वेलफेयर सोसाइटी यूकेको नयां वर्ष शुभकामना सांझ सम्पन्न भएको छ । गत शनिबार अल्डरसटमा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि यूएनडीपीका असिस्टेण्ट कण्ट्री डाइरेक्टर यामनाथ शर्मा, एनआरएनए युरोपका संयोजक कुल आचार्य, एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ, संस्थाका अध्यक्ष नरजंग गुरुङ, संस्थापक अध्यक्ष हितकाजी गुरुङ लगायत अतिथिहिरुले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा मन्तव्य दिंदै प्रमुख अतिथि शर्माले पर्वत समाज बेलायतमा अन्य नेपाली समाज जस्तै उत्कृष्ट समाज भएकोमा खुशी व्यक्त गरे । त्यस्तै नेपाली दूतावासका अट्याची तेजेन्द्र रेग्मीले सामाजिक संस्थाहरुले नेपाली समाजमा सकारात्मक सन्देश दिएको बताए ।
सो अवसरमा तमुधिं यूकेका अध्यक्ष सुर्जे गुरुङ, संस्थाका सल्लाहकार तथा तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङ, मगर संघ यूकेका नेत्र आलेमगर, संस्थाका सल्लाहकार एवं बिसीसी यूकेका अध्यक्ष ले. नारायण प्रसाद गुरुङ (एमबीइ), पूर्व अध्यक्ष रश बहादुर गुरुङ, बाग्लुङ समाजका राजन राजभण्डारी, एकाउण्टेण्ट गंगा भुषाल, गेसो केन्द्रिय उपाध्यक्ष कृष्ण कुमार राई, गेसो अल्डरसट इकाइका जंग बहादुर गुरुङ लगायत विभिन्न संस्थाका प्रतिनिधि सहभागी थिए ।
संस्थाका अध्यक्ष नर जंग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरु हेमन्त शर्मा, देबिका केसी गुरुङ, शिव परियार र रामजी खांड एवं स्थानीय कलाकारले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए ।
कार्यक्रमका लागि अल्डरसटमा स्थापित इम्पायर टिमले निशुल्क हल प्रबन्ध गरेको थियो । कार्यक्रम सफल बनाउन व्यवसायीहरु मिठुलाल बिके, धरम विके, संस्थाका पुर्व अध्यक्ष पुरन गिरी, व्यवसायी रबीजंग लामिछाने, कुल आचार्य, गंगा भुषाल, ज्ञाम गुरुङ, दिप ज्वेलर्स लगायतले सहयोग पुर्याएका थिए ।
संस्थाका महासचिव धन क्षेत्रीद्धारा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष दधी आचार्यले स्वागत मन्तब्य दिए भने पूर्व अध्यक्ष पुरन गिरी र याम भण्डारीले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेका थिए । उक्त कार्यक्रम संयोजन संस्थापक अध्यक्ष हितकाजी गुरुङले गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो