लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अनेवा नक्षेत्र पुरस्कार’ बि.सं २०७२ का लागि ‘करोडौं कस्तूरी’ उपन्यासका लेखक अमर न्यौपानेलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यको अध्यक्षतामा हालै बसेको पुरस्कार छनोट समितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार समितिमा जयालक्ष्मी राई, नारायण अधिकारी र गोपी सापकोटा थिए ।
अनेवा नक्षेत्र पुरस्कार हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिमा योगदान पुरयाउने नेपाली साहित्यिक श्रष्टालाई प्रदान गरिन्छ । प्रतिष्ठानले यस अघि शान्ता चौधरीलाई ‘कमलरीदेखि सभासदसम्म’ पुस्तकका लागि तथा साहित्य र पत्रकारिताको प्रवर्धनका लागि लेनिन बन्जाडे र नारायण अमृत तथा राजकुमार दिक्पाललाई उक्त पुरस्कारद्वारा सम्मानित गरिसकेको छ । पुरस्कारको राशी साठी हजार रुपैयां र सम्मानपत्र छ ।
मदन पुरस्कार लगायत थुप्रै पुरस्कारद्वारा सम्मानित भइसकेका उपन्यासकार न्यौपानेका पानीको घाम र सेतो धरती अरु चर्चित कृति हुन् ।
आफ्नो कृतिलाई अनेवा पुरुस्कार दिने निर्णय भएकामा उपन्यासकार न्यौपानेले आभार व्यक्त गर्दै यसले नेपाली साहित्यमा थप उर्जा दिने विश्वास व्यक्त गरे ।
२०१२ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले स्थापना कालदेखि नै हरेक वर्ष विशेष साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो