केन्ट, बेलायत। किरात सत्तेहाङ महागुरु फाल्गुनन्द समाज सेवा बेलायतको आयोजनामा अाइतबार यहाँ किरात उभौली (यक्वा तङ्नाम) पूजा सम्पन्न भयो ।
किराँतीहरु प्रकृतिपूजक भएकाले बाली लाउनुअघि प्रकृतिलाई पूजा गरेर यस वर्ष बाली राम्ररी फलोस, समयमा पानी परिदियोस, प्रकृतिले बाली पाक्ने समयसम्म रक्षा गरि दियोस भनेर प्रार्थना गर्ने समयलाई उभौली पूजा (यक्वा तङ्नाम) भनिन्छ । बेलायतमा बसे पनि आफ्नो पिता–पुर्खाले चलाई ल्याएको संस्कार र रीतिलाई आफ्नो भावी सन्ततिसम्म जोगाई राख्न यो पूजा गरिएको पुजारी (सेवा साबा) रुद्र तुम्बापोले बताउनु भयो ।
कार्यक्रम बिहान ८ बजे उभौली पूजा (यक्वा तङ्नाम) बाट सुरु गरेर ११ बजे सकिएपश्चात अथितिहरुलाई स्वागत सम्मान गरिएको थियो । स्वागत सम्मान सकेपछि पुजारी (सेवा साबा) बाट आर्शिवाद (माङ्वा हाङ्वा) लिइएको थियो।
आर्शिवाद (माङ्वा हाङ्वा) करिब १ घण्टा लामो थियो ।
उक्त कार्यक्रमको अन्त्यमा लिम्बुहरुको चर्चित ढोल नाँच (केःलाङ) नाँचिएको थियो । ढोल नाँच (केःलाङ) बिभिन्न किसिमको हुन्छ त्यस मध्ये पूजा–आजा गर्दा नाँचिने नाँच माङ्लाङ (देवी देवतालाई मनाउन नाँचिने नाँच) नाँचेर दिउसो ३ बजे कार्यक्रम समापन भएको थियो ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ