लण्डन । नेपालको महाभुकम्पको वर्षदिनको अवसरमा विभिन्न कार्यक्रमहरु गरिँदा युकेका नेपाली कलाकारहरुले भने नाटकमार्फत फरक तरिकाले स्मरण गरेका छन् ।
रेडिङस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटी सेन्टरमा शनिबार उनीहरुले भुकम्पको झल्को दिने समय दृश्य नाटक मञ्चन गरे ।
फस्ट एजुकेट नेपालको प्रस्तुति र इन्टरन्याशनल नेपलिज आर्टिस्ट सोसाइटीको सहयोगमा प्रस्तुत नाटकको लेखन भक्त स्यांगतानले, प्रोड्युसिंग तेन्जी लामा पाख्रिनले र निर्देशन सनमकुमार बैरागले गरेका थिए ।
नाटकमा ज्यासङ लिङदेन, दीपक गुरुङ, सुरेश श्रेष्ठ, ओमकार अधिकारी, दुर्गा गुरुङ, प्रसुना कँडेल, जानु काम्वाङ लिङदेन, रोशन राई, अञ्जु, सुस्मिता, गंगा, अलिसा लगायतको भूमिका रहेको थियो ।
नाटकमा महाभुकम्पमा परेर परिवार गुमाएकाहरुको पीडा, घाइतेहरुको आर्तनाद, सर्वस्व गुमाएर बिल्लिबाठ भएकाहरुको दुर्दशा, राहत वितरणमा देखिएको विकृति र सरकारी अव्यवस्था, दुःखमा परेकाहरुलाई सघाउन देखाइएको तदारुकता आदि देखाइएको छ ।
नाटकलाई बेलायतका अन्य ठाउँमा समेत देखाइने प्रोड्युसर लामाले जानकारी दिए भने नाटक तयारीका लागि तीन महिना लामो रिहर्सल गरिएको निर्देशक बैरागले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले नाटकले महाभुकम्पपछिको धेरै पाटा–पक्षहरुलाई समेटेको र नेपालीहरु एक हुनुपर्छ भन्ने सन्देश दिएको बताए ।
युकेमा विभिन्न किसिमका साँस्कृति र साहित्यिक कार्यक्रम हुँदै आए पनि प्रत्यक्ष नाटक मञ्चन भने गरिएको थिएन ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार