केन्ट । विश्व नेपाली साहित्य महासङ्घ साउथ बेलायतले महाभुकम्पको वर्षदिन पारेर शोकसभा तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम अायाेजना गर्याे ।
शनिबार आसफोर्डस्थित नेपाली भान्साघर रेस्टुरेन्टमा भएकाे साे कार्यक्रममा गत वर्ष बैशाश १२ गतेको महाभुकम्पमा परी ज्यान गुमाउनुभएकाहरुलाई स्मरणमा २ मिनेट मौनधारण गरिएकाे थियाे । त्यसपश्चात नयाँ वर्षका रचनाहरु वाचन गरेर नयाँ वर्षको शुभकामना आदान प्रदान भएको थियो ।
भुकम्पकाे वर्षगाँठकाे सन्दर्भ परेर हाेला धेरै रचनाहरु बिनासकारी भुकम्पसम्बन्धी नै रहेका थियो । आफ्नो रचना वाचन गर्ने क्रममा २०७२ साल अहिलेसम्मकै दुःखदायी वर्ष रहेको, विशेषत भुकम्पले अधिकांश क्षति पुर्याएकाे समाजसेबी गोम्बा शेर्पाले बताए ।
कार्यक्रमको अन्तिम चरणमा जानुका राईको गीत सङ्ग्रह ’’धर्तिको जन्म’’ र राजन मुकारुङको ’’बदलिदो सौन्दर्य’’ माथि कृति समिक्षा क्रमशः विश्व नेपाली साहित्य महासङ्घको केन्द्रिय अध्यक्ष विश्वासदिप तिगेला र विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष बिजय हितानले गरेका थिए ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ