केन्ट । विश्व नेपाली साहित्य महासङ्घ साउथ बेलायतले महाभुकम्पको वर्षदिन पारेर शोकसभा तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम अायाेजना गर्याे ।
शनिबार आसफोर्डस्थित नेपाली भान्साघर रेस्टुरेन्टमा भएकाे साे कार्यक्रममा गत वर्ष बैशाश १२ गतेको महाभुकम्पमा परी ज्यान गुमाउनुभएकाहरुलाई स्मरणमा २ मिनेट मौनधारण गरिएकाे थियाे । त्यसपश्चात नयाँ वर्षका रचनाहरु वाचन गरेर नयाँ वर्षको शुभकामना आदान प्रदान भएको थियो ।
भुकम्पकाे वर्षगाँठकाे सन्दर्भ परेर हाेला धेरै रचनाहरु बिनासकारी भुकम्पसम्बन्धी नै रहेका थियो । आफ्नो रचना वाचन गर्ने क्रममा २०७२ साल अहिलेसम्मकै दुःखदायी वर्ष रहेको, विशेषत भुकम्पले अधिकांश क्षति पुर्याएकाे समाजसेबी गोम्बा शेर्पाले बताए ।
कार्यक्रमको अन्तिम चरणमा जानुका राईको गीत सङ्ग्रह ’’धर्तिको जन्म’’ र राजन मुकारुङको ’’बदलिदो सौन्दर्य’’ माथि कृति समिक्षा क्रमशः विश्व नेपाली साहित्य महासङ्घको केन्द्रिय अध्यक्ष विश्वासदिप तिगेला र विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष बिजय हितानले गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो