फेब्रुअरी (२०१६) को शुरुवातदेखि अल्डरसट क्षेत्रमा चोरीडकैती बढेको छ । केही घटनाको शिकार सैनिक पृष्ठभूमिका सुनका गहनाहरु भएका नेपाली परिवार पनि बनेका छन् । यस्तो चोरी डकैती गर्नेहरु वरपरकै र पैदलै आएको हुन सक्छन् । सन् २०१४ ताका भएका चोरीका घटनाभन्दा अहिलेका घटनाहरु फरक छन् । चोरहरु घरमा कोही नभएको मौका पारेर, दिनको समयमा छिरेको पाइएको छ । यसरी छिर्दा मूलढोका वा पछाडिको ढोकाबाट जबरजस्ती छिरेको भेटिएको छ ।
प्राय नेपालीहरुसित असली सुनका गहना हुने चोरहरुले सुइँको पाएपछि हाम्रो चासो र चिन्ता बढेको छ । नेपाली समुदायमा चोरी डकैतीका घटना अझै बढ्न सक्ने सम्भावना नकार्न सकिँदैन । यी तलका सामान्य सावधानीका तरिकाहरु अपनाएमा चोरीडकैतीबाट बच्न सकिन्छ ।
१) गरगहनाहरुको बीमा गर्नुहोस् र बीमायुक्त सेफमा राख्नुहोस् । त्यस्तो सेफ झट्ट नदेखिने ठाउँमा र र भित्ता वा भुइँसित जाेडेर सुरक्षित गरेर राख्नुहोस् । बीमा कम्पनीसित सेफलाई कसरी सुरक्षित तवरबाट चलाउने भन्ने बारेमा जानकारी लिनुहोस् । बैँकहरुले अहिले यस्तो सेवा दिन छोडेका छन् ।
२) तपाईको घर पूर्णरुपमा सुरक्षित गर्नुहोस् । कतै सुरक्षाका दृष्टिकोणले कमजोरी छ कि भनेर हेर्नुहोस् र त्यस्तो भए सुधार गर्नुहोस् ।
३) फेसबुक, भाइबरमा आदिमा आफ्ना गहनाका बारेमा विज्ञापन नगर्नुहोस् ।
४) घरबाट निस्कनुअघि घर पूर्णरुपमा बन्द गरियो कि गरिएन भनेर जाँच गर्नुहोस् । मूलढाेका र झ्यालहरु चाबी लाएर बन्द गर्नुहोस् ।
५) गहनाहरुको तस्वीर लिइराख्नुहोस् । सादा कागजमा रुलरसित पनि फोटो खिच्नुहोस् किनभने तपाईको गहना कत्रो आकारको भन्ने थाहा पाउन यसले मद्दत गर्दछ । गहनाहरु लगाएर पनि फोटो खिचि राख्नुहोस् किनभने यसले त्यो गहना तपाईको हो भन्ने पुष्टि गर्न सजिलो हुन्छ ।
६) कति सुन र गहना छन् भन्ने सूची बनाइ राख्नुहोस् । यसले यदि गहना हराइहालेको अवस्थामा अनुसन्धानमा सहयोग गर्छ ।
७) तपाईको घर फ्री न्याशनल प्रोपर्टी रजिष्टर www.immobilise.com मा दर्ता गर्नुहोस् ।
८) गहनाहरु लगाएको फोटोहरु फेसबुक लगायतका सोसल मिडियामा नराख्नुहोस् ।
९) घरबाट बाहिर जाँदैछु वा बाहिर छु भनेर फेसबुक लगायतका सोसल मिडियामा नराख्नुहोस् ।
१०) यदि घरमा बहुमूल्य गरगहना राख्ने हो भने निगरानी राख्ने अलार्महरु जाेड्नु होस् ।
११) घर बाहिर वा लामो बिदामा जाँदा विश्वासलाग्दा छिमेकीहरुलाई हेर्दिनु भन्नुहोस् ।
१२) नेबरहुड वाच योजनामा सरिक हुने वा त्यस्तो योजना बनाउनुहोस् ।
१३) बहुमूल्य सामानहरु बैँकको भल्टमा वा सुरक्षित सेफमा मात्र राख्नुहोस् ।
१४) भर्याङ, बगैँचाका औजारहरु बाहिर नछोडनुहोस् । तिनीहरुलाई सुरक्षित राख्नुहोस् ताकि चोरले प्रयोग गर्न नसकोस् ।
१५) पछाडिको बार( काठका पर्खाल) हरु राम्रो अवस्थामा राख्नुहोस् ।
१६) भूइँतल्लाका झ्यालहरु सुतेको बेलामा कहिल्यै खुल्ला नराख्नुहोस् ।
यस्ता सन्देशहरु आफ्ना नातागोता र परिवारका सदस्यहरुलाई बाँडनुहोस् ।
लेखक अल्डरसट नर्थ नेबरहुड पुलिसिङ टीममा पुलिस कम्युनिटी सपोर्ट अफिसरका रुपमा कार्यरत छिन् ।
याे लेख एभरेष्ट टाइम्स साप्ताहिकमा प्रकाशित राईकाे अंग्रेजी लेखकाे नेपाली भावानुवाद हाे ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई