लन्डन । यतिखेर नेपाली राष्ट्रिय कलाकारको निक्कै भीड छ बेलायतमा । नयां वर्ष मनाउने कार्यक्रममा आएका आधा दर्जन कलाकारले विभिन्न शहरमा आफ्नो गायन प्रस्तुत गरिरहेका छन् ।
नायिका प्रियंका कार्की तीनवटा कार्यक्रममा सहभागी भएर फर्किएपनि बांकी कलाकार शिव परियार, हेमन्त शर्मा, रामजी खांड, देबिका केसी, शम्भु राई आदि कार्यक्रम गर्न साता पिच्छे व्यस्त छन् । नायक दयाहाङ राईलाई भने आफ्नो फिल्म ‘बीर बिक्रम’ को प्रिमियर शोले व्यस्त बनाएको छ ।
लोकप्रिय दोहोरी कलाकारद्वय रामजी खांड र देबिका केसीको गायनले यतिखेर बेलायत दोहोरीमय बनेको छ । उनीहरुले दोहोरी गाएर दर्शक नचाइरहेका छन् ।
५ हजार बढि गीत गाइसकेका खांडले ‘फूल फूलेर पयांलै भयो…’, ‘सालैजो…’ अनि पन्चे बाजाका साथ ‘काफल पाक्यो…’ गीत गाएर दर्शक मन जितेका हुन् । गायिका देबिका केसीको चाहिं ‘बाजी ठोकम आउ झिल्के…’ ले धेरै झिल्केहरुलाई लट्ठ पारिदिएको छ ।
शान्ति समाज बेलायतको निम्तोमा बेलायत आएका रामजी र देबिकाको जोडीले अहिलेसम्म बर्मिङघम, अल्डरसट, नटिङघम, उलवीच, प्लमस्टिडमा पटक पटक कार्यक्रम गरिसकेको छ भने अझै ६ शहरमा कार्यक्रम गर्न बांकी रहेको खांडले जनाएका छन् । ‘बेलायत लोक दोहोरीको उर्वरभूमि नै रहेछ’, खांडले भने, ‘दर्शकहरुको लोकगीतप्रतिको लगावले हामीलाई थप हौसला मिलेको छ ।’
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित