लण्डन । बुद्ध जयन्तीका अवसरमा लण्डनकाे प्लमस्टिडमा अायाेजना गरिने शान्ति पदयात्राका लागि तयारीका लागि बैठक सम्पन्न भएकाे छ ।
तमुधिँ साउथ इस्ट लण्डन शाखाकाे अायाेजनामा हुने साे पदयात्रा अागामी मे २१ का दिन हुँदैछ ।
प्लमस्टिडस्थित अस्मिता असोसिएट्सको हलमा शाखाका अध्यक्ष श्रीचन्द्र गुरुङको अक्ष्यक्षतामा भएकाे बैठककाे सचालन उपाध्यक्ष हिरा प्रसाद गुरुङले गरेका थिए ।
बैठकमा यसवर्षको बुद्ध जयन्तीका सारथी तथा संयोजक, समाजका सल्लाहकार सुमल कुमार गुरुङले बुद्ध जयन्ती तैयारीका लागि विवरण पेश गरेका थिए । विभिन्न स्थानीय नेपाली संघसंस्थाहरुको सहभागिता रहेको पहिलो चरणको बैठकमा संयोजक गुरुङले हल बुकिंग, मेट पुलिसबाट मञ्जुरी, कौन्सिलसंगको पत्राचार, कार्यक्रमको दिन पदयात्राको बाटो तथा त्यसपछिका विवरण सबै पेश गरेका थिए । बृहत छलफलपछि यसपटक भव्यताका साथ शान्ति पदयात्रा सम्पन्न गरिने र यस शान्ति पदयात्राको औचित्य चरितार्थ गर्ने कुरामा सबैले ऐक्यबद्धता जनाएका थिए । साे कार्यका लागि चाहिने आर्थिक सहयोगका लागि पनि संघसंस्थाहरुले प्रत्तिबद्धता जनाएका थिए ।
भर्खरै नेपाल भ्रमणबाट फर्केका अध्यक्ष श्रीचन्द्र गुरुङले आफ्नो भ्रमण अत्यन्त फलदायी रहेको कुरा व्यक्त गरेका थिए । गत साल नेपालमा महाभूकम्पबाट क्षतिग्रस्त दुईवटा स्कुलको पुनर्निर्माणका लागि लम्जुङ जिल्लाको बाँझाखेत गाविस, भाचोक गाउँस्थित प्राथमिक विद्यालय र धादिङको एउटा निम्न माध्यमिक विद्यालयका लागि आर्थिक सहयोग प्रदान गरेर पुनर्निमाण कार्य पूरा भएको, दिर्घरोगीहरुको उपचारार्थ आर्थिैक सहयोग गर्ने हेतुले तमुधिं नेपालमा एक लाख पच्चीस हजार रकमकाे अक्षयकोष खडा गरिएको तथा विभिन्न संस्थाहरुबाट सम्मान गरिएको जानकारी उनले बैठकलाई दिएका थिए ।
बैठकको अन्तिम चरणमा अब १४ मई २०१६का दिन सम्पन्न गरिने ग्रिनविच फुटबल कप प्रतियाेगिताका लागि समाजले अहिलेसम्म गरेको तैयारी विवरण समाजका सहकोषाध्यक्ष तथा नेपलिज युथ ग्रिनविचका अध्यक्ष ह्यारी गुरुङले जानकारी गराएका थिए ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा