
लण्डन । अङ्ग्रेजी भाषणका सुप्रसिद्ध नाटककार तथा कवि विलियम सेक्सपियर र उहाँको जन्मभूमि बेलायतमा भन्दा भारतमा बढी प्रसिद्ध भएको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षणले जनाएको छ ।
ब्रिटिस काउन्सिलले १५ देशका १८ हजार मानिससँग प्रसिद्ध कवि तथा नाटककार सेक्सपियरको मृत्यु भएको ४००औँ पुण्यदिवसमा गरिएको सर्वेक्षणमा ८३ प्रतिशत भारतीयले उनलाई चिनेको बताएका थिए । तर बेलायतमा भने ५७ प्रतिशत नागरिकले उहाँलाई चिन्ने बताएका जनाइएको छ ।
‘अलद वर्डस’ नाम दिइएको सर्वेक्षणमा नाटककार सेक्सपियरलाई अन्य मुलुकको नागरिकको तुलनामा बेलायती नागरिकले कम चिन्ने जनाएका बताइएको छ ।
धेरै मानिसले सेक्सपियरका कारण बेलायतप्रति सकारात्मक रहने गरेको बताइरहँदा बेलायती नागरिकले नै सेक्सपियरबारे कम जान्नु आश्चर्यजनक भएको देखिएको छ ।
मेक्सिकोमा ८८ प्रतिशत र ब्राजिलमा ८४ प्रतिशतले नाटककार सेक्सपियरलाई जानेको बताइएको छ । उनीहरुमध्ये केहीले सेक्सपियर जन्मेको देश भएका कारण आफू एकपटक बेलायत पुग्न चाहेको बताएका थिए ।
सेक्सपियरको मृत्यु भएको ४०० वर्षपछि पनि उहाँका कृति तथा फुटकर कविताहरु विश्वभर विशेष महत्वका साथ पढाइने गरेको सर्वेक्षणमा नेतृत्व गरेको ब्रिटिस काउन्सिलमा सेक्सपियरको जीवनी सम्बन्धमा कार्यरत निर्देशक रोजम्यारी हिलहट्सले बताए ।
बेलायतमा सेक्सपियरद्वारा लेखिएको कृति उनकै भाषामा पढाइने गरिए पनि अन्य देशमा उहाँको मौलिक कृतिका अतिरिक्त अनुवाद गरिएका संस्करणहरु पनि पढाइने गरेको हिलहट्सले बताए ।
उनका कृतिलाई संसारका १४० भन्दा बढी देशमा पुरयाउनु व्यवस्थित तरिकाले गृहकार्य गरिँदै भएको ब्रिटिस काउन्सिलले बताएको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई