भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि एउटा पुरानो घर छ । त्यही घरको साँघुरो कोठाको एउटा कुनामा भान्सा छ भने बाँकी रहेको ठाउँमा दराज, ड्रम, खाट राखिएका छन् । त्यहीभित्र रश्मिला अवालको चार जनाको परिवार बस्दै आएको छ ।
गत वर्ष वैशाख १२ गतेको भूकम्पले घर भत्किँदा नौ वर्षकी छोरी सोनिया र पाँच महिनाको छोरा सोनिस पुरिएका थिए । सोनियाको स्थानीयवासीले दुई घन्टापछि तथा सोनिसको २२ घन्टापछि सेनाको टोलीले जीवितै उद्धार गरेको थियो । उक्त घटनाले सर्वत्र चर्चा पायो ।
भूकम्पपीडित अवाल परिवारले घरको लालपुर्जा नहँुदा रातो परिचयपत्र पाउन सकेको छैन । भूकम्पले विध्वंस गरेपछिको एक वर्ष उहाँहरुको पीडामा बित्यो । “लालपुर्जा नभएकै कारण हामीले परिचयपत्र र राहत पाएनौँ, हामी सुकुम्वासी भएका छौँ” रश्मिलाले भन्नुभयो ।
भक्तपुर नगरपालिकाको मूलढोकामा रहेको घरमा रश्मिलाले लुगा सिलाउने काम गर्नुहुन्थ्यो । उहाँका श्रीमान् श्याम सवारी चालक हुनुहुन्थ्यो । भूकम्पले मेसिन टुक्राटुक्रा भएपछि उहाँको रोजगारी खोसियो । “मेसिन किन्न नसक्दा आफूसँग भएको सीप प्रयोग गर्न पाइन, अब बालबालिकालाई कसरी हुर्काउने भन्ने पिर परेको छ” उहाँले भन्नुभयो ।
भूकम्पले जेठाजु दुई छोरीको ज्यान गयो । सरकारले घर पूर्ण क्षति हुनेलाई रातो कार्ड दियो, टहरा निर्माण गर्न रु १५ हजार तथा न्यानो कपडा किन्न रु १० हजार दिए पनि अवाल परिवारलाई कुनै सुविधा दिइएन । “सुकुम्वासी हुँदा समेत हामी सरकारको नजरमा भूकम्पपीडित भएनौँ” उहाँले पीडा सुनाउनुभयो । रश्मिलासँग अहिले न त सिलाई मेसिन किन्ने पैसा छ न छोराछोरीको इच्छाअनुसार पढाउने क्षमता नै छ ।
वास्तविक मूल्याङ्कन गरेर भूकम्पपीडितलाई परिचयपत्र र राहत दिनुपर्ने तथा पीडितका सन्तानलाई पढाउन छात्रवृत्ति उपलब्ध गराउन अवाल परिवारले सरकारसँग माग गरेको छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा