सभामुख नेतृत्वको प्रतिनिधिमण्डललाई लन्डन दूतावासमा स्वागत

12998759_10206604664975840_5247650548754538350_n

लन्डन । लन्डनस्थित नेपाली दूतावासले सभामुख ओनसरी घर्तीमगर र प्रमुख दलका सचेतकहरुको सम्मानमा मंगलबार सांझ एक स्वागत कार्यक्रम गरेको छ ।
ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनको निमन्त्रणामा यहांको संसदीय अभ्यास अध्ययन गर्न अहिले बेलायत रहेको ७ सदस्यीय प्रतिनिधिमण्डललाई स्वागत गरिएको हो ।
कार्यक्रममा बेलायती सांसद, लर्डस्, सरकारी अधिकारी, बेलायती विदेश र रक्षा मन्त्रालयका पदाधिकारी, काउन्सिलरहरु र नेपाली संघसंस्थाका प्रतिनिधि एवं पत्रकारहरु गरि करिब एकसय ५० जनाको उपस्थिति थियो ।

दूतावास भवनमा आयोजित उक्त कार्यक्रमका सहभागी त्यतिबेला दंग परे, जतिबेला रात्रीभोज र पिउने कार्यक्रमबाहेक औपचारिक भाषण कत्ति भएन । प्राय कार्यक्रम लामो मन्तव्यका कारण पत्यारलाग्दो बन्ने गुनासो भइरहंदा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले औपचारिक बोल्ने कार्यक्रम नै राखेनन् । सहभागीले सभामुख ओनसरी घर्तीमगरसंग अनौपचारिक वातचित र तस्विर भने मज्जाले लिए ।

13061995_808531682625224_2649831722439416873_n

भ्रमणमा सभामुखको नेतृत्वमा चार प्रमुख दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल, एनेकपा (माओवादी) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दीलनाथ गिरी, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा यहां छन् ।

भ्रमणका सिलसिलामा प्रतिनिधिमण्डल खुबै व्यस्त रह्यो । १७ अप्रिल बिहान लन्डन ओर्लिएको संसदीय प्रतिनिधिमण्डललाई १८ अप्रिलमा उप सभामुख र वेज एण्ड मिन्स् अध्यक्षले स्वागत गरेका थिए । साथै हेड अफ द ओभरसी अफिस क्रिस्पिन पोयसरले बेलायती संसद र वेष्टमिनिष्टर संसदीय प्रणालीबारे अवगत गराए ।

संसदीय प्रतिनिधिमण्डलले पहिलो भेट वुमन एण्ड इक्वालिटिज कमिटी अध्यक्ष एवं एमपी मारिया मिलरसंग गरेको थियो । त्यसपछि फरेन अफेयर्स कमिटी सदस्य एमपी एन्ड्रियू रोसिनडेलसंग भेटवार्ता भएको थियो । सोही दिन विदेश मन्त्रालयको दक्षिण एसिया विभाग प्रमुख लाउरा क्लार्क, सर्वदलीय संसदीय समितिका नेपाल ब्रिटेन अध्यक्ष सांसद वीरेन्द्र शर्मा, सर्वदलीय संसदीय समितिका विश्वव्यापी टिबी रोग 
हेर्ने अध्यक्षसंग पनि भेटेको थियो । उल्लेखित विभिन्न भेटमा बेलायत नेपाल दौत्य सम्वन्ध, भूकम्प र पुनर्निर्माण योजना र डिएफआइडीको विकास कार्यक्रममा समन्वय तथा गोर्खाका गुनासा आदिबारे कुराकानी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । १८ अप्रिल सांझ प्रतिनिधिमण्डललाई युनियनका कार्यकारी सदस्य एवं सर्वदलीय संसदीय समितिका नेपाल उपाध्यक्ष सांसद डेभिड वायनले एक रिसेप्सन दिएका थिए ।

12994369_10207117027378787_4766970265987316253_n

१९ अप्रिल बिहान प्रतिनिधिमण्डलले वेष्टमिनिस्टर टुर गरेको थियो जसको नेतृत्व फरेन एण्ड कमनवेल्थ अफेयर्स स्याडो मिनिष्टर फेबियन हेमिल्टनले गरेका थिए । दिउसो प्रतिनिधिमण्डल लर्ड स्पिकर ब्यारोनेस डि सौजाले दिएको दिवाभोजमा सरिक भएको थियो ।

त्यसैगरि, प्रतिनिधिमण्डलले हाउस अफ कमन्स् सभामुख जोन बर्काउ, सांसद सिमा मल्होत्रा र अन्तर्राष्ट्रिय विकास समिति पदाधिकारीसंग पनि छलफल गरेको थियो । प्रतिनिधिमण्डलको साथमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री पनि सहभागी थिए ।

प्रतिनिधिमण्डलले बुधबार नर्दन आयरल्याण्डको संसद, कज वे इन्सटिच्युट अन द नर्दन आयरल्याण्ड कन्फ्लिक्ट, पुलिस सर्भिस अफ नर्दन आयरल्याण्ड जस्ता विभिन्न निकाय र नेपाली समुदायसंग छलफल गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल २२ अप्रिलमा लन्डन फर्केर भोलिपल्ट सांझ स्वदेश फर्कंदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री