लन्डन । अन्ततः करिब २ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले राजदूत पाउने भएको छ । मन्त्रिपरिषदले मंगलबार दुबसु क्षेत्री (दुर्गाबहादुर सुवेदी) लाई बेलायतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।
डा. सुरेशचन्द्र चालिसेको कार्यकाल सकिएर उनी नेपाल फर्केपछि यहां राजदूत खाली थियो । नयां संविधान निर्माण प्रक्रिया र दलहरुबीचको भागवण्डाले राजदूत नियुक्ति अवरुद्ध हुंदै आएको थियो ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले बेलायतका लागि नेपाली राजदूत नियुक्तिबारे परराष्ट्रबाट औपचारिक जानकारी आउन बांकी रहेको जनाए ।
मन्त्रिपरिषदले एकै पटक २१ राजदूत नियुक्त गरेको छ । यसअघि ति दूतावास नेतृत्वविहीन थिए ।
को कहां सिफारिस ?
डा.महेन्द्र बहादुर पाण्डे–चीन
निरन्जन थापा– रसिया
लक्की शेर्पा – अस्ट्रेलिया
डा. दुर्गाबहादुर सुवेदी – बेलायत
डा. खडग केसी –जापान
लोकबहादुर थापा –बेल्जियम
सेवा लम्साल अधिकारी –पाकिस्तान
युवनाथ लम्साल –डेनमार्क
प्रकास सुवेदी – अस्ट्रिया
युवराज कार्की – दक्षिण कोरिया
भरत बहादुर रायमाझी – यूएई
डा.महेन्द्र सिंह – कतार
खगेन्द्र बस्नेत -बंगलादेश
नारद भारद्धाज – श्रीलंका
ताराप्रसाद पोखरेल– ब्राजिल
झबिन्द्र अर्याल-इजिप्ट
पदम सुन्दास -बहराइन
रमेशप्रसाद खनाल–जर्मनी
अलिअख्तर मिकरानी – सउदी अरेविया
डा. शिवमाया तुम्वाहम्फे – इजरायल
ॠषिराम घिमिरे – म्यानमार
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई