प्रवासी नेपाली मञ्चको चियापान

13010038_10209539528666989_1618969592_o

लन्डन । प्रवासी नेपाली मञ्च बेलायतले आइतबार चियापान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रमुख सचेतक भानुभक्त ढकालको प्रमुख आतिथ्यमा चाल्टर्नस्थित एसेम्ली हलमा कार्यक्रम भएको हो ।

ढकाल अहिले सभामुख ओनसरी घर्तीमगर र अन्य दलका प्रमुख सचेतकसंगै बेलायतको संसदीय अध्ययन भ्रमणमा छन् ।

मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले संविधान निर्माणका लागि एमालेले नै नेतृत्वदायी भूमिका खेलेको दाबी गरे । उनले संविधान कार्यान्वयन हुन नदिन धेरै कोणबाट षडयन्त्र र चलखेल भइरहेको जिकिर गर्दै त्यसलाई निरुत्साहित गर्न पनि एमालेकै नेतृत्व जरुरी रहेको धारणा राखे ।

अध्यक्ष सिम्खडाले दोहोरो नागरिकता माग प्रवासका कार्यकर्ताहरुको भावनासंग जोडिएको विषय भएकाले यसप्रति थप संवेदनशील र सकारात्मक हुन एमाले पार्टीलाई आग्रह गरे ।

मञ्चका महासचिव तुंगभद्र भुसालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलाले धन्यवाद र मञ्चका साउथ इष्ट कमिटी सचिव केदार थपलियाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा सम्पूर्ण संघसंस्थाको प्रतिनिधित्व गर्दै एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री