लण्डन । विभिन्न युद्धहरुमा दिवंगत गोरखाहरु, घाइते, अपांग र बेपत्ता योद्धाहरुको सम्झनामा स्यांजाको फेदिखोलामा बनाइन लागेको गोरखा स्मारकलाई सहयोग जुटाउन युकेमा च्यारिटी डिनर आयोजना गरिएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ(गेसो) को मातहतको ब्रिटिश गोरखा एक्स सर्भिसमेन कम्युनिटीले अल्डरसटमा सो कार्यक्रम आयोजना गरेको थियो ।
स्थानीय रसमुर बोरोका मेयर मार्टिन टेनाण्टको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मेयर टेनाण्टले आफ्नो काउन्सिलमा गोरखाहरुको बसोबास रहेकोमा प्रशन्नता व्यक्त गरे । उनले गोरखाहरुले नेपालमा स्मारक बनाउन लागेकोमा आफूलाई खुशी लागेको बताए ।
गोरखाहरुका लागि कानुनी सेवा दिंदै आएको हाओ एण्ड को सोलिसिटर्सका पार्टनर मार्टिन हाओले अल्डरसटमा गोरखाहरुको कार्यक्रममा उपस्थित हँुदा पोखरा, काठमाडौंको कार्यक्रममा सरिक भएको झैं लागेको बताए । गोरखाहरुले युकेको लागि ज्यानकोे बलिदानी दिएकोले उनीहरुलाई युकेमा बसोबास गर्न दिइनु न्यायोचित भएको बताए ।
गेसोका वरिष्ठ उपसभापति कृष्णकुमार राईले गोरखाहरुमाथिको सदियौंदेखिको विभेदा अन्त्य गर्न गेसो लागिरहेको स्मरण गराउँदै त्यसलाई अझ उचाइमा लैजान गोरखा स्मारक बनाउन लागिएको जानकारी दिए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, तमुधिँ युकेका अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, मगर संघका अध्यक्ष नेम थापामगर, ग्रेटर रसमुर नेपलिज कम्युनिटीका उपाध्यक्ष जीव बेल्बासे, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल आदिवासी जनजाति महासंघ, युकेका अध्यक्ष तुल छन्त्याल लगायतको उपस्थिति थियो ।
सो कार्यक्रममा गेसो उपसभापति कमला गुरुङले स्वागत मन्तब्य, फार्नब्रो समितिका सभापति भक्तबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टी, अल्डरसट समितिका अध्यक्ष जंगबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
हाल युकेमा रहेका कलाकारहरु शिव परियार, रामजी खाँड र देविका केसीका साथमा स्थानीय रसमुरका कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो