लन्डन । सभामुख ओनसरी घर्तीमगरसहित प्रमुख दलका सचेतकहरु आइतबार बिहान लन्डन उत्रिएका छन् । बिहान हिथ्रो एयरपोर्ट लन्डनमा उनीहरुलाई बेलायतका लागि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल र ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियन पदाधिकारीले स्वागत गरेका थिए । युनियनले१८ देखि २३ सम्म हुने औपचारिक भ्रमणका लागि बोलाएको हो ।
प्रतिनिधिमण्डलमा सभामुखसहित नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल, एनेकपा (माओवादी) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दीलनाथ गिरी छन् ।
सभामुखको टोलीमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा समेत छन् ।
प्रतिनिधिमण्डलले बेलायतको संसदीय अभ्यासका बारेमा जानकारी लिनुका साथै तल्लो र माथिल्लो सदनका आफ्ना समकक्षीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सभामुख घर्तीसंग आजै गैर आवासीय नेपाली संघ, बेलायत र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले अन्तरक्रिया कार्यक्रम राखेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो