लण्डन । क्याम्ब्रिशायरको पिटरबोरो र वरपर बस्ने नेपालीहरूले नेपाली नयॉवर्ष २०७३ लाई भव्यताकासाथ स्वागत गरी मनाएका छन् ।
करिब दुईसय नेपालीहरूको सहभागिता भएको नयॉवर्ष कार्यक्रममा नेपालका चर्चित गायक शिव परियारले लगातार दुईघण्टा नेपाली गीत गायेर सहभागीहरूलाई भरमुर मनोरन्जन दिएका थिए ।
पिटरबोरोको वेस्ट उड हलमा पिटरबोरो नेपाली समाजको आयोजना र गोर्खा नेपाली कम्युनिटी पिटरबोरोको सहभागितामा यही अप्रिल ११ मा सम्पन्न नयाँवर्ष कार्यक्रममा गायककार सुमिर ज्ञवालीले गीत र गीतकार नृपेश उप्रेतीले गजल गाएका थिए । स्थानीय कलाकार रहना शर्मा, रोजिना कार्की, सुमी ढकाल,स्नेहा भट्ट,रिया केसी,आर्शिया खरेल,सिजन भुसाल र सोनासा भट्टराईले नृत्य प्रतुस्त गरेका थिए ।
पिटरबोरो नेपाली समाजका अध्यक्ष केशब भण्डारीको सभापतित्वमा संचालित कार्यक्रममा एनअारएनयुकेका सल्लाहकार कमल भण्डारी, सृजनशील लेस्टर समाजका दयानिधी सापकोटा, शान्ति नेपाली समाज वेलायतका
काशीराज शर्मा र पिटरबोरो सिटी काउन्सिलर गुल नवाजले नयॉवर्षको शुककामना व्यक्त गरेका थिए ।
पिटरबोरो नेपाली समाजका महासचिव पवन शर्माले संचालन गरेको पहिले चरणको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष रामबाबु कोइरलाले र गोर्खा नेपाली कम्युनिटीका दल बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए।
दोस्रो चरणको सास्कृतिक कार्यक्रम गीतकार नृपेश उप्रेतीले संचालन गरेका थिए । साँझ पाँच बजेदेखि राति एघार बजेसम्म रहेको नयॉवर्षको शुभकामना पार्टीमा नेपाली खानपिनका साथ शिव परियारको गायनमा सहभागीहरू नाचगान गरी रमाएका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष केशब भण्डारीले सबैलाई धन्यवाद दिदै समाजको तर्फबाट नयॉवर्ष २०७३ को शुभकामना दिएका थिए ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान