लन्डन । यतिखेर बेलायतको सांगीतिक टुरमा छ नेपाली ब्याण्ड ‘नाइट’ । उसले बेलायतका विभिन्न शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिइरहेको आयोजक मेकिङ ट्रयाक्सले जनाएको छ ।
ब्याण्डले अहिलेसम्म ब्राइटन डोम ब्राइटन, बरी सेन्ट एडमन्ड्स, न्यू क्यासल, मिल्टन केन्स् र बर्मिङ्घममा आफ्नो संगीत प्रस्तुत गरिसकेको छ भने आगामी १५ अप्रिलमा म्यानचेष्टर, १६ मा क्यामब्रीज र १७ अप्रिलमा लन्डनमा कार्यक्रम गर्दैछ ।
यूकेस्थित नाम्लो ब्याण्डमा आवद्ध गायक तथा संगीतकार गंगा थापाले नाइट ब्याण्डको लाइभ परफर्मेन्स बेलायतमा बिरलै हुने भएकाले नेपाली संगीतप्रेमीहरुलाई त्यो अवसर नछुटाउन आग्रह गरेका छन् ।
लोपोन्मुख नेपाली बाजा र संगीतको संरक्षण तथा प्रवर्धनमा जुटेको नाइटले बेलायती समुदायमा समेत राम्रो प्रभाव पारिरहेको छ । बीबीसी रेडियो थ्रीले गत ८ अप्रिलमा ब्याण्डबारे एउटा विशेष कार्यक्रम नै बनाएर प्रसारण गरेको थियो ।
नाइट ब्याण्ड स्वदेश मात्र होइन, विदेशमा भएका विश्व संगीत महोत्सवमा समेत सहभागी भइसकेको छ । उसले उज्बेकिस्तानमा आयोजित सार्क टारोनलरी महोत्सव र गत वर्ष अगष्टमा बेलायतमै साम्बला महोत्सवको मुख्य स्टेजमा आफ्नो कला प्रस्तुत गरेको थियो ।
उक्त ब्याण्डले नेपालको ग्रामीण भेग पुगेर त्यहांको परम्परागत बाजालाई आधुनिक संगीतसंग फ्युजन गरेर प्रस्तुत गर्ने गर्छ । उसको पहिलो एल्बम ‘अनि उकालीसंगै आरोली…’ ले ग्रामीण क्षेत्रमा बस्ने नेपालीहरुको वास्तविकता उजागर गरेकाले व्यापक चर्चा बटुलेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा