
स्कटल्यान्ड । नेप्लिज हिमालयन एसोसिएसन एबर्डिन स्कटल्यान्डले नेपाली नयां वर्ष २०७३ भब्यमा रुपमा स्वागत गरेको छ । नयां वर्षको अवसर पारेर स्थानीय मेस्ट्रिक हलमा आयोजित कार्यक्रममा शुभकामना साटासाटसहित चर्चित गायक हेमन्त शर्मा र स्थानीय कलाकारहरुका साथमा भव्य सांस्कृतिक प्रस्तुति रह्यो । गायक शर्माको गीत सुन्न कार्यक्रममा एबर्डिनवासी नेपालीहरुको उल्लेख्य उपस्थिति थियो ।
आचार्य पण्डित घनश्याम सुबेदीद्वारा बैद्धिक मन्त्र स्वातिक बाचन गरी शुरु भएको कार्यक्रममा फेसन शो, गायन, नृत्य लगायत प्रस्तुतिहरु समावेश गरिएको थियो । गायक हेमन्त शर्मा सहित स्थानीय कलाकारहरु पवी सिम्खडा, शुभेक्षा तिवारी, सुहार्जन भट्टराई, सनुजा क्षेत्री, प्रकृती भट्ट, अंशु भण्डारी, दिपशिखा उप्रेती, आध्या रेग्मी, विविशा उप्रेती लगायतले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । खचाखच भरिएको हलमा नयां वर्षको रमाइलो सहित स्वादिलो भोजन ग्रहण गर्दै शुभकामना साटासाट गर्न व्यस्त देखिन्थे सहभागी ।
उक्त नयां वर्ष विशेष कार्यक्रमका संयोजक सञ्चारकर्मी शिव तिवारीले यस्तो वृहत र व्यवस्थित कार्यक्रम पहिलो पटक भएको भन्दै खुशी व्यक्त गरे ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको शुरुमा भर्खर अध्ययन पुरा गरेका ग्राजुएट्सहरु तथा संस्थाले सञ्चालन गरेको नेपाली भाषा अध्यापन गर्दै गरेका नेपाली स्वयमसेवक शिक्षक शिक्षिकहरुलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष टक थापाले स्वागत तथा शुभकामना मन्तब्य दिंदै हरेक नेपाली नयां वर्षमा गरिने यस्तो कार्यक्रमले नेपालीबीच आपसी सदभाव, मेलमिलाप र हार्दिकता बढ्ने उल्लेख गर्दै आफ्नो परम्परा र संस्कृतिको जगेर्ना हुनुका साथै नयां पिंढीले पनि महशुस गर्न अवसर पाउने बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा