
लन्डन । नयां वर्ष २०७३ लाई स्वागत गर्दै गायक गायिका हिमाल सागर र अन्जु पन्तले जीवनलाई नयां मोडमा लैजाने प्रण गरेका छन् । हिमालले अन्जु पन्तलाई जिन्दगीको प्राप्ति मानेका छन् भने अन्जुले पनि हिमालसंग आफ्नो जिन्दगी सफल हुने घोषणा गरेकी छन् । तर, वास्तविक जीवनमा होइन नृपेश उप्रेतीको गीतमा ।
गीतकार नृपेश उप्रेतीको आहान अर्को खुशी एल्बमको प्रेमिल भावले ओतप्रोत यस गीतमा संगीतकार अर्जुन पोखरेलले प्रेमका सम्पूर्ण सांगीतिक रसहरु घोलेर कर्णप्रिय बनाएका छन् । अनि गीतले व्यक्त गरेको प्रेमिल भावलाई पर्दामा उतारेका छन् अहिलेका चर्चित म्यूजिक भिडियो निर्देशक दिपेन्द्र केसीले ।
जिन्दगीको प्राप्ति तिमी… बोलको उक्त गीतको भिडियोमा अहिलेका चर्चित नायक अनुप बिक्रम शाही शरला थापासंग रोमान्समा लिप्त भेटिन्छन् । यो म्यूजिक भिडियोमा प्रस्तुति र लोकेशनलाई विशेष ध्यान दिइएको निर्देशक केसी बताउंछन् ।
पहिलो पटक हिमालले अन्जु पन्तसंग युगल गीत गाएको बताउंदै गीत निकै राम्रो बनेको बताए । त्यसैगरि अन्जु पनि २०७३ का लागि आफूले आशा गरेको गीत भएर श्रोताहरुले मनपराउनेमा विश्वस्त रहेको बताउंछिन् ।
भिडियो हेर्नुहोस्ः
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान