लन्डन । बेलायत सरकारलाई अन्तिम धक्का दिन आमरण अनसन बस्नु अघि भूपू गोर्खाहरुले आवश्यक छलफल गर्न विशेष बैठक डाकेका छन् । आफ्ना माग पुरा गराउन २४ अप्रिल २०१६ सम्मको समयसीमा दिएका भूपू गोर्खाहरुले सरकारबाट हालसम्म कुनै ‘रेस्पोन्स’ नआएकाले आमरण अनसन अन्तिम विकल्प भएको जनाउंदै त्यसबारे विस्तृत छलफल गर्न बैठक डाकेका हुन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत, नेपालले आगामी १७ अप्रिल बिहान ११ बजे ह्यारो बरो फुटबल क्लबमा बैठक राखेको छ । समितिले समस्त भूपू गोर्खा एवं अन्य नेपालीलाई बैठकमा उपस्थित भई सरसल्लाह र सुझाव दिन विनम्र अनुरोध गरेको छ ।
‘अप्रिल २४ हाम्रो संघारमै आइपुगिसकेको छ । त्यो दिनसम्ममा कुनै चमत्कार भएन भने हामीले ज्ञापनपत्रमा भने अनुसार आमरण अनसन बस्नुको कुनै विकल्प हुने छैन्’, समितिले भनेको छ, ‘त्यसैले हामीले उपयुक्त विषयमा गम्भीर वहस र व्यापक छलफल गरी उचित निष्कर्षमा पुग्न टड्कारो आवश्यकता भएको छ ।’
सन् २०१३ मा भएको आमरण अनसनपछि गठित सर्वदलीय संसदीय आयोगले डेभिड क्यामरुन सरकारलाई पेश गरेको प्रतिवेदन अनुरुप आफ्ना पांच सूत्रीय मागहरु छुंदै नछोएको गुनासो भूपू गोर्खाहरुको छ । भूपू गोर्खाहरुले त्यसयता प्रशस्त दवावमुलक कार्यक्रम गरिसकेका छन् । उनीहरुले आफू नेपालकै नागरिक भएको र अभिभावक नेपाल सरकार भएकाले आफ्ना पदाधिकारीहरु नेपाल गएर राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख नेताहरु देखि सांसदहरुलाई पटक पटक हारगुहार गरेको समेत जनाएका छन् ।
सत्याग्रह समितिका संयोजक कृष्ण बहादुर राई सम्भव भएसम्म आमरण अनसन होइन, नेपाल सरकार मार्फत अन्य उपायबाट नै मागहरु पुरा गराउने उद्देश्य राखेर अहिले पनि नेपालमा भेटघाटमा व्यस्त रहेको समितिले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो