
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार मतदानमा सहभागी हुँदै काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ चैत । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
देउवाले १३९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक रमेश रिजालले राससलाई जानकारी दिनुभयो ।
काँग्रेसका २०७ सांसद्मध्ये २०६ जनाले मतदान गर्नुभएको थियो ।
केन्द्रीय सदस्य एवम् सांसद् नरहरि आचार्य बिरामी हुनुभएकाले मतदान गर्न आउन सक्नुभएन । घरमा लडेर घाइते हुनुभएका अर्का नेता डा रामशरण महतले भने इच्छाइएका स्वकीय सचिव रमेश महतमार्फत मतदान गर्नुभएको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
विद्युतीय मतदान यन्त्रबाट मतदान गरिएकाले छिट्टै परिणाम प्राप्त भएको हो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते