लण्डन । नेपाली व्यवसायीहरुको संयुक्त लगानीमा स्थापित स्टेट एजेन्ट ग्रीनीच रियल स्टेटले आजबाट औपचारिक कारोबार शुरु गरेको छ ।
साउथ इस्ट लण्डनको प्लमस्टिडमा कार्यालय रहेकाे रियल स्टेटको आज औपचारिक उद्घाटन गरियो ।
युके तथा नेपालमा घर जग्गा किनबेच, मर्मत, भाडामा लिने दिने, घर खरिदका लागि मोर्गेज परामर्श दिने लगायतका सेवा ग्रीनीच रियल स्टेटले दिने डाइरेक्टर मोहन गुरुङले जानकारी दिए ।
पेन्सनर गोरखाहरुलाई घर भाडामा लिन र घरमा मर्मतसम्भार गर्नुपर्दा विभिन्न अड्चनहरु आइपरेको देखेर उनीहरुलाई समेत लक्षीत गरी सेवा दिइने उनले थपे ।
गुरुङका अनुसार अहिले ग्रीनीच रियल स्टेटले फोल्क्स्टोन र अल्डरसटमा आफ्नै घर खरिद गरिसकेको छ । ‘नेपाल तथा बेलायतमा जग्गा लिने, घर बनाउने, घर लिएर मर्मत सम्भार गर्ने, भाडामा लिने–दिने सेवा ग्रीनीच रियल स्टेटबाट दिने छौँ’ गुरुङले भने ।
उद्घाटन कार्यक्रमको संचालन सेविका जिसीले गरेकी थिइन् भने डाइरेक्टर प्रवीण गुरुङले कम्पनीका बारेमा जानकारी दिएका थिए ।
ग्रीनीच रियल स्टेटमा मोहन गुरुङ, एलएन पाण्डे, सफल शेरचन, दीपक श्रेष्ठ, ओम थापा, प्रवीण गुुरुङ र शंकरजंग गुरुङको लगानी रहेको छ ।
युकेका नेपालीहरु धेरैजसो नेपाली, मनी ट्रान्सफर व्यवसायमा संलग्न रहे पनि पछिल्लो समयमा अन्य क्षेत्रमा लगानी गर्दैछन् ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ