लन्डन । क्षेत्री समाज यूकेको अध्यक्षमा धन बहादुर कुंवर निर्विरोध भएका छन् । शनिवार सम्पन्न समाजको पांचौं अधिवेशनले कुंवर सहित २१ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा रिटायर्ड क्याप्टेन टेकबहादुर जिसी, महासचिव राजन कुमार क्षेत्री, सहसचिव कुमार केसी, कोषाध्यक्षमा गोबिन्द महत, सहकोषाध्यक्ष सुश्री सेविका जिसी, महिला संयोजक श्रद्धा थापा, जनसम्पर्क सचिव दिलबहादुर जीसी, साँस्कृतिक सचिव श्रीमती सुनिता गौतम थापा र सञ्चार संयोजक नरेन्द्र बस्नेत चयन भए । त्यस्तै सदस्यहरुमा ललित कुमार न्यौपाने, कृष्ण थापा, श्रीमती माया केसी, चन्द्र कार्की, उत्तम खत्री, महेन्द्र किसी, मनिष खड्का, पदम बिर्ख रावल, श्रीमती प्रतिमा केसी, इन्द्र क्षेत्री र टोपबहादुर रावत निर्विरोध छानिए ।

महासचिव टेक बहादुर जिसीले दुई वर्षे अवधिको सम्पूर्ण विवरणहरु प्रस्तुत गरेका थिए । समाजलाई अझ बढि गतिशील र प्रभावकारी बनाउंदै लैजाने वाचासहित पूरानो कार्यसमितिले नयां कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । नव निर्वाचित अध्यक्ष धन कुंवरले आगामी २ वर्षका लागि १० बुंदे आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । रेडिङमा आयोजित उक्त अधिवेशनको उद्घाटन समाजका संरक्षक ध्रुव केसी र समाजकै अध्यक्ष प्रेम खड्काद्वारा संयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो ।सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतले नेपाली समुदायमा उल्लेखनीय कार्य गर्दै आएको छ ।
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?