संविधानको अन्तर्वस्तुको बारेमा छलफल उत्कर्र्षमा पुग्ने समयमा प्रधानमन्त्री सुशील कोइराला भने दुई साता लामो विदेश भ्रमणमा निस्कने भएका छन् ।
संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्न असोजको पहिलो साता अमेरिका प्रस्थान गर्ने कोइरालाले युरोप हुँदै स्वदेश फर्किने भएका छन् । भ्रमणको क्रममा कोइरालाले मध्यपूर्वका देशका राजदूतहरुलाई युएइ र युरोपका राजदूतहरुलाई बेल्जियममा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसको अतिरिक्त न्युयोर्कमा कोइराललाको स्वस्थ्य परीक्षण हुने छ । फोक्सोको क्यान्सरका उपचार गराउनका लागि प्रधानमन्त्री कोइराला एक महिनाभन्दा लामो समय अमेरिका बसेर स्वदेश फर्किएका थिए । उनको उपचार न्युयार्कस्थित स्लोन मेमोरिया केटरिङ सेन्टरमा गरिएको थियो।
मन्त्रिपरिषदको बिहीबार सम्पन्न बैठकले कोइरालाको नेतृत्वको २२ सदस्यीय टोलीको भ्रमणलाई स्वीकृत प्रदान गरेको छ । टोलीमा नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, कार्यवहाक सचिव शंकर बैरागी, राष्ट्र डेस्कका प्रमुख दीपक धिताल, शिष्टचार महापाल कालीप्रसाद पोखरेलसहितका रहेका छन् । कोइरालाले असोज १० गते महासभालाई सम्बोधन गर्ने छन् । त्यसअघि कोइराला राष्ट्र संघकै आयोजनामा असोज ७ गते आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिने छन् । असाेज ३ गते युएइतर्फ लाग्ने काेइरालला ब्रोसेल्स हुँदै असाेजका १७ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ । 
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते