लन्डन । नेपलिज नर्सिङ एसोसिएसन, यूकेको आगामी १४ सेप्टेम्बरका दिन एबीआइ कलेज लन्डनमा हुने वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा छ ।
उक्त साधारणसभाले नयां कार्यसमिति चयन गर्ने भएकाले यसपटकको साधारणसभालाई विशेष चासोका साथ हेरिएको छ ।
अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष सुशिला कार्की र महासचिव प्रसुना कंडेलको नाम अग्रपंक्तिमा छ । अन्य पदाधिकारीहरु समेत जिम्मेवारी सम्हाल्न इच्छुक रहेको बताइन्छ ।
एसोसिएसनले निर्वाचन प्रक्रियाका लागि निर्वाचन समिति समेत गठन गरेको छ, जसमा श्रीमति टुका स्याण्डवेल प्रमुख निर्वाचन आयुक्त छिन् । निर्वाचन समितिमा कृष्ण भट्ट र कृष्ण तिवारी निर्वाचन आयुक्त छन् भने पर्यवेक्षकमा बच्चु कैलाश कैनी र कुल आचार्यलाई तोकिएको छ ।
एसोसिएसनको निर्वाचन तालिका समेत सार्वजनिक भएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज सेप्टेम्बर १०, राती १२ बजेसम्म अन्तिम समयसीमा तोकेको छ भने उम्मेदवारी फिर्ता लिने समयसीमा १४ सेप्टेम्बर, राती १२ बजेसम्म निर्धारण गरेको छ । एसोसिएसनका अनुसार निम्न इमेल
[email protected] मार्फत उम्मेदवारी दर्ता गर्न सकिनेछ ।
एसोसिएसनले बेलायतमा कार्यरत नेपाली नर्सहरु, नर्सिङ पढिरहेका विद्यार्थी, नेपालमा क्वालिफाइड भएर यूकेमा केअररका रुपमा काम गरिरहेका नर्सहरु, डेन्टल नर्स सबैलाई साधारणसभामा उपस्थित हुन आग्रह गरेको छ । अध्यक्ष वासु लामिछानेले साधारण सदस्यता लिएर सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा