लण्डन । इंग्ल्याण्ड र वेल्समा दोस्रो घर किन्दा अब बढी कर तिर्नुपर्ने भएको छ ।
बेलायती अर्थमन्त्री जर्ज ओसबोर्नले बुधबार संसदमा पेश गरेको खर्च पुनरावलोकन सम्बन्धी बक्तब्य अनुसार अब दोस्रो किन्न चाहने वा घर किनेर भाडामा दिन चाहनेहरुले थप ३ प्रतिशत कर तिर्नुपर्ने छ ।
आउँदो अप्रिलदेखि लागू हुने सो व्यवस्थाबाट आगामी पाँचवर्षमा एक विलियन पाउण्ड कर उठ्ने ओसबोर्नको भनाइ छ ।
बीबीसीका अनुसार नयाँ व्यवस्था लागू भएपछि १ लाख २५ हजारदेखि २ लाख ५० हजार पाउण्ड मूल्यको घर किन्दा अब ५ प्रतिशत कर तिर्नुपर्ने छ । अहिले सो कर २ प्रतिशत मात्र थियो ।
अहिले १ लाख २५ हजार पाउण्ड मूल्यभित्रको घर किन्दा कर नलाग्ने प्रावधान रहेकोमा नयाँ व्यवस्थापछि ५ हजार ५२० पाउण्ड कर तिर्नुपर्ने छ ।
त्यस्तै, २ लाख ५० हजारदेखि ९ लाख २५ हजार पाउण्डसम्मको घर किन्दा अब ८ प्रतिशत कर तिर्नपर्ने छ । अहिले सो मूल्यको घर किन्दा ५ प्रतिशत मात्र कर तिरे पुग्थ्यो ।
बेलायतमा पहिलोपटक घर किन्नेहरुले घर नपाउने समस्यालाई ध्यानमा राखी बेलायती सरकारले यो व्यवस्था गरेको बताइएको छ ।
लण्डनस्थित एक्सेस फाइनान्सियल सर्भिसेजका इण्डिपेण्डेण्ट फाइनान्सियल एडभाइजर मिन दर्लामी हाउजिंग मार्केटलाई नियन्त्रण गर्न सरकारले नयाँ व्यवस्था ल्याएको बताउंछन् ।
‘नयाँ व्यवस्थाले घरमा लगानी गर्न चाहनेहरुलाई निरुत्साहित गर्न खोजेको छ । यस प्रावधानले आफैँ बस्नका लागि घर किन्न चाहने (फस्ट टाइम बायर) लाई सजिलो पारेर हाउजिंग मार्केटलाई वास्तविक धरातलमा ल्याउन खोजेको देखिन्छ’उनले भने ।
एक भन्दा बढी घर किन्न खोज्नेहरूलाई निरुत्साहित गरे पनि सरकारको नयाँ घोषणाबाट घरको मूल्य घट्ने सम्भावना भने नरहेको दर्लामीले बताए । ‘घरको माग र आपूर्तिका बीचमा ठूलो ग्याप छ । त्यसैले यो नयाँ प्रावधानका कारण घरको मूल्य घट्ने सम्भावना देख्दिनँ तर अहिले जसरी घरको भाउ तीव्र गतिमा बढिरहेको छ त्यो रफ्तार भने कम हुन सक्छ’उनले भने ।
लण्डनका नेपाली मोर्गेज एडभाजर ऋषि खनाल अाफैं बस्नका लागि घर किन्नेहरूलाइ प्रोत्साहन गर्न सरकारले सो व्यवस्था ल्याएको बताउँछन् । तर कर बढाउँदैमा लण्डन र यसको अासपासमा घरको भाउ घट्ने सम्भावना नरहेको उनको भनाइ छ । ‘बैँकले ब्याजदर नबढाउँदासम्म घरको भाउ घट्ने अवस्था देख्दिनँ’ उनले भने ।
सरकारले घरको अभावलाई पूरा गर्न ६.९ बिलियन पाउण्ड छुट्याएको छ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल