
यसमध्ये, ५३ करोड बालबालिका उच्च बाढीको प्रभाव क्षेत्रमा रहेको तथा १६ करोड बालबालिका खडेरी प्रभावित क्षेत्रमा बसोबास गर्दै आएको युनिसेफको भर्खरै सार्वजनिक तथ्याङ्कले जनाएको छ ।
पेरिसमा हुन लागेको संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (सीओपी–२१) पूर्व सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ५३ करोड बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने बालबालिकामध्ये पनि झन्डै ५० प्रतिशत बालबालिका गरिबीको रेखामुनि रहेका छन् ।
विश्वभरका करिब ३० करोड बालबालिका गरिबीको समस्या (३.१० अमेरिकी डलर) खेप्दै बाँच्न बाध्य रहेको युनिसेफको पछिल्लो तथ्याङ्कले जनाएको छ ।
बालबालिकाको वर्तमान स्थितिलाई हेर्दा तत्काल यो भयावह स्थितिको सामना गर्न नयाँ कार्यक्रम ल्याउनुपर्ने, युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले एक वक्तव्य जारी गर्दे बताउनुभएको छ ।
आजका बालबालिका जलवायु परिवर्तनका असरप्रति एकदमै कम जिम्मेवार भएका बताउँदै युनिसेपफ प्रमुख लेकले भन्नुभयो, जलवायु परिवर्तनको शिकार भने उनीहरु आफै र तिनका आगामी पुस्ताले व्यहोर्नु पर्छ । यसका कारण उनीहरुले जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने योजनासहित आगामी दिनमा अघि बढ्नु पर्नेछ ।
यसमा पनि अति गरिब र अल्पविकसित समुदायका बालबालिकाले जलवायु परिवर्तनको असरबाट प्रभावित हुने छन्, उहाँले भन्नुभयो ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा