काठमाडौँ, ७ मङ्सिर । चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान नेपालले भारतले लगाएको अघोषित नाकाबन्दी फिर्ता गर्न माग गर्दै भारतीय राजदूत रणजित रायलाई आज ज्ञापनपत्र बुझाएको छ ।
युगौँदेखि नेपाल र भारत समान सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध भएका मुलुक भएकाले दुई देशबीचको एकै परिवारको जस्तो सम्बन्ध नबिगार्न आग्रह गर्दै अभियानले भनेको छ, “नेपाल सधँै भारतको भलो चाहने अभिन्न मित्र हो , नेपाल र नेपाली कहिल्यै भारतको विरुद्धमा छैनन् ।”
नाकाबन्दीका कारण देशका अधिकांश क्षेत्रका स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवासँगै चलचित्र क्षेत्र पनि प्रभावित भएकाले नेपाललाई मानवताको दृष्टिले हेर्न आग्रह गर्दै भनिएको छ, “दुई देशको राजनीतिक कुरा आफ्नो ठाउँमा होला तर मानवताको दृष्टिले हेर्दा नाकाबन्दी अन्यायपूर्ण छ ।”
भूकम्पले देश भर्खर तङ्ग्रिने अवस्थामा रहेकाले नाकाबन्दी झेल्न नसक्नेतर्फ सचेत गराएको अभियानले त्यसबेला आफूले गरेको सहयोग सम्झन भारत सरकारलाई आग्रह गरेको छ । संयोजक हरिहर शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी चलचित्रकर्मीसँगै नेपाली जनता विनम्रतापूर्वक आग्रह गर्छौं, सबै सीमा नाकाका अवरोध हटाइयोस् र समस्या नामेट पारियोस् ।”
अभियानले मङ्गलबार यहाँ नाकाबन्दीविरुद्ध चलचित्रकर्मीसँगै सञ्चारकर्मी, राजनीतिक कार्यकर्तालगायत विभिन्न पेसा र व्यवसायका व्यक्तिको ऐक्यबद्धताका साथ दबाब पदयात्रा गर्न लागेको अभियानका सदस्य सचिव केपी पाठकले जानकारी दिए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता