काठमाडौँ, ७ मङ्सिर । चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान नेपालले भारतले लगाएको अघोषित नाकाबन्दी फिर्ता गर्न माग गर्दै भारतीय राजदूत रणजित रायलाई आज ज्ञापनपत्र बुझाएको छ ।
युगौँदेखि नेपाल र भारत समान सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध भएका मुलुक भएकाले दुई देशबीचको एकै परिवारको जस्तो सम्बन्ध नबिगार्न आग्रह गर्दै अभियानले भनेको छ, “नेपाल सधँै भारतको भलो चाहने अभिन्न मित्र हो , नेपाल र नेपाली कहिल्यै भारतको विरुद्धमा छैनन् ।”
नाकाबन्दीका कारण देशका अधिकांश क्षेत्रका स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवासँगै चलचित्र क्षेत्र पनि प्रभावित भएकाले नेपाललाई मानवताको दृष्टिले हेर्न आग्रह गर्दै भनिएको छ, “दुई देशको राजनीतिक कुरा आफ्नो ठाउँमा होला तर मानवताको दृष्टिले हेर्दा नाकाबन्दी अन्यायपूर्ण छ ।”
भूकम्पले देश भर्खर तङ्ग्रिने अवस्थामा रहेकाले नाकाबन्दी झेल्न नसक्नेतर्फ सचेत गराएको अभियानले त्यसबेला आफूले गरेको सहयोग सम्झन भारत सरकारलाई आग्रह गरेको छ । संयोजक हरिहर शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी चलचित्रकर्मीसँगै नेपाली जनता विनम्रतापूर्वक आग्रह गर्छौं, सबै सीमा नाकाका अवरोध हटाइयोस् र समस्या नामेट पारियोस् ।”
अभियानले मङ्गलबार यहाँ नाकाबन्दीविरुद्ध चलचित्रकर्मीसँगै सञ्चारकर्मी, राजनीतिक कार्यकर्तालगायत विभिन्न पेसा र व्यवसायका व्यक्तिको ऐक्यबद्धताका साथ दबाब पदयात्रा गर्न लागेको अभियानका सदस्य सचिव केपी पाठकले जानकारी दिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा