लन्डन । नेपालमा सर्वाधिक सफल चलचित्र वडा नम्बर ६ लन्डन ग्रीनफोर्डमा समेत देखाइने भएको छ । अल्डरसटमा उक्त चलचित्रको सफल प्रदर्शनपछि ग्रीनफोर्ड टाउन हलमा सिनेमा देखाउन लागिएको हो । आगामी आइतबार २२ नोभेम्बर, सांझ ६ देखि फिल्म प्रदर्शनको कार्यक्रम छ । नेपाली फिल्मलाई अन्तर्राष्टिय बजारमा समेत प्रवर्धन गर्ने अभिप्रायले बेलायतका विभिन्न शहरमा क्रमशः फिल्म देखाइएको आयोजक वीरेन खड्काले जनाए । उनले फिल्म कमेडी र मार्मिकताले भरिएको जनाउंदै दर्शकलाई हेर्ने अवसर नगुमाउन सुझाव दिएका छन् ।
ग्रीनफोर्ड शोका लागि वीरेन खड्का, अनिल मल्ल र काठमाण्डौं कर्नरका सुनिल थापाले जिम्मा लिएका छन् ।
उक्त चलचित्र उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढो), सिताराम कट्टेल (धुर्मुस), विल्सन विक्रम राई (तक्मे बुढो), राजाराम पौडेल जस्ता चर्चित हास्यंकलाकारसहित अभिनेता नीर शाह, नायिका प्रियंका कार्की, सन्दिप क्षेत्री, दयाहाङ राई लगायतको अभिनय छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित