बेलायत । पर्वत वेलफेयर सोसाइटी युकेको सेप्टेम्बर १४ का दिन हुने साधारण सभाको तयारी पूरा भएको सोसाइटीले जनाएको छ ।
फार्नब्रोको दियाली इण्डियन रेष्टुरेण्टमा बसेको सोसाइटीको बैठकले साधारणसभाका आवश्यक तयारी पूरा गरेको हो ।
समाजका अध्यक्ष रश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले नयां कार्यसमिति चयनका लागि मेजर रिटायर्ड खुशीमान गुरुङ, पूर्व अध्यक्ष पुरन गिरी र एक बहादुर पुन रहेको निर्वाचन समिति गठन गरेको छ भने समाजले प्रत्येक बर्ष आयोजना गर्दै आएको विविक्यु सफल बनाउन नरजंग गुरुङको संयोजनमा तयारी समिति गठन गरेको छ ।
बैठकले कुश्मा नगरपालिकामा गएको पहिरोमा परि मृत्यु हुनेको परिवारलाई सहयोग गर्न पुरन गिरीको संयोजनमा राहात संकलन समिति गठन गरिएको छ ।पहिरोमा हरिलाल चापागाईंको तीनजना छोरी र श्रीमतीको मृत्यु भएको थियो ।
बैठकमा संस्थाका सल्लाहकार एवं एनआरएनए युकेका पूर्व अध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पू्र्व अध्यक्ष पुरन गिरी, उपाध्यक्षद्धय चन्द्र बहादुर गुरुङ र गोविन्द गुरुङ, सालीजा समाजका एकबहादुर पुन, दुर्लुङ समाज युकेका अध्यक्ष जुवारी लाल गुरुङ, एभरेष्ट टाइम्स साप्ताहिकका हरिकाजी गुरुङ, सदस्य शक्तिमान गुरुङ, सल्लाहकारहरु मे रि खुशीमान गुरुङ, नरजंग गुरुङ, शिव शर्मा गुरुङ, हरी गुरुङ, धन क्षेत्री, सरद क्षेत्री, रामसिंह घले, बल बहादुर भण्डारी, ओमप्रसाद गुरुङ, टेक बहादुर गुरुङ, नारायण कोन्मे गुरुङ, रामसिंह घले लगायत सहभागी थिए ।
महासचिव दधि आचार्यद्धारा सञ्चालित बैठकमा उपाध्यक्ष चन्द्र बहादुर गुरुङले स्वागत मन्तव्य दिए ।
बैठकमा साधारणसभाका लागि रबी लामिछानेले दुईसय पाउण्ड सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी