आगामी साता हिमालय कला महोत्सव

माउन्ट एभरेष्टको उत्तर पश्चिम मोहदा । यो तस्विर डोग स्कटले सन् १९७५ मा खिचेका हुन् ।

माउन्ट एभरेष्टको उत्तर पश्चिम मोहदा । यो तस्विर डोग स्कटले सन् १९७५ मा खिचेका हुन् ।

लन्डन । कम्युनिटी एक्सन नेपाल नामक च्यारिटीले दि रोयल जिओग्राफीकल सोसाइटीको तत्वाधानमा हिमालय कला महोत्सव गर्ने भएको छ । महोत्सव पेनरिथ कुम्ब्रीयास्थित रिगेड सेन्टरमा आगामी शुक्रवार ६ नोभेम्बर, २०१५ देखि आइतबार ८ नोभेम्बरसम्म हुन लागेको हो ।

२६ पाउण्ड प्रवेश शुल्क तोकिएको महोत्सव कम्युनिटी एक्सन नेपालमार्फत भूकम्प पीडितको सहयोगार्थ हुने जनाइएको छ । महोत्सवमा लोकप्रिय माउन्टेन आर्टिष्ट हेमिस फुल्टन, ल्याण्डस्केप पेन्टर जुलियन कुपर, जिम कुरान र जोन इनरडेल, मूर्तीकार ब्रायन थोम्सन, साइमन हिचेन्स्, पल भेनस्टोन र एन्डी पार्किन, फोटोग्राफरहरु रब फ्रेजर, मार्टिन हार्टली र हेनरी आइडोन लगायत समकालिन चित्रकारहरुका हिमाल सम्वन्धि चित्र एवं अन्य कला प्रदर्शनी हुनेछ ।

दुई दिने चित्रकला प्रदर्शनीसंगै वहस, विचार गोष्ठीको कार्यक्रम समेत राखिएको छ ।
उक्त अवसरमा चर्चित लेखकहरु सर क्रिस बोनिङटन, फिल बार्टलेट, जुली समर्स, एन्गेला लक, एन्ड्रीयू ग्रेग, होवार्ड हलले आफ्ना सारगर्भित विचार एवं अनुभव 
बांड्नेछन् । सर क्रिस बोनिङटनले आफ्नो कृति ‘वेष्ट अफ बोनिङटन’ का सारांश पनि भन्नेछन् । डोग स्कट सिबीइको आत्मकथा ‘अप एण्ड अबाउट’ विमोचन हुने कार्यक्रम समेत छ ।

सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षण हुने अपेक्षा छ । हिमाली जनजीवनसंग सम्बन्धित चलचित्र प्रदर्शन गर्ने कार्यक्रम समेत भएको आयोजकले जनाएका छन् ।

सन् १९७९ मा कन्चनजंगा । तस्विरः पिट बोर्डम्यान र जो टास्कर

सन् १९७९ मा कन्चनजंगा । तस्विरः पिट बोर्डम्यान र जो टास्कर

प्रतिक्रिया

सम्बन्धित सामाग्री