लन्डन । कम्युनिटी एक्सन नेपाल नामक च्यारिटीले दि रोयल जिओग्राफीकल सोसाइटीको तत्वाधानमा हिमालय कला महोत्सव गर्ने भएको छ । महोत्सव पेनरिथ कुम्ब्रीयास्थित रिगेड सेन्टरमा आगामी शुक्रवार ६ नोभेम्बर, २०१५ देखि आइतबार ८ नोभेम्बरसम्म हुन लागेको हो ।
२६ पाउण्ड प्रवेश शुल्क तोकिएको महोत्सव कम्युनिटी एक्सन नेपालमार्फत भूकम्प पीडितको सहयोगार्थ हुने जनाइएको छ । महोत्सवमा लोकप्रिय माउन्टेन आर्टिष्ट हेमिस फुल्टन, ल्याण्डस्केप पेन्टर जुलियन कुपर, जिम कुरान र जोन इनरडेल, मूर्तीकार ब्रायन थोम्सन, साइमन हिचेन्स्, पल भेनस्टोन र एन्डी पार्किन, फोटोग्राफरहरु रब फ्रेजर, मार्टिन हार्टली र हेनरी आइडोन लगायत समकालिन चित्रकारहरुका हिमाल सम्वन्धि चित्र एवं अन्य कला प्रदर्शनी हुनेछ ।
दुई दिने चित्रकला प्रदर्शनीसंगै वहस, विचार गोष्ठीको कार्यक्रम समेत राखिएको छ ।
उक्त अवसरमा चर्चित लेखकहरु सर क्रिस बोनिङटन, फिल बार्टलेट, जुली समर्स, एन्गेला लक, एन्ड्रीयू ग्रेग, होवार्ड हलले आफ्ना सारगर्भित विचार एवं अनुभव
बांड्नेछन् । सर क्रिस बोनिङटनले आफ्नो कृति ‘वेष्ट अफ बोनिङटन’ का सारांश पनि भन्नेछन् । डोग स्कट सिबीइको आत्मकथा ‘अप एण्ड अबाउट’ विमोचन हुने कार्यक्रम समेत छ ।
सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षण हुने अपेक्षा छ । हिमाली जनजीवनसंग सम्बन्धित चलचित्र प्रदर्शन गर्ने कार्यक्रम समेत भएको आयोजकले जनाएका छन् ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित