
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनको लागि मतदान गर्नुहुँदै सांसद । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ ११ कातिक । राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा कूल ५४९ सांसद्ले मतदान गर्नुभएको छ ।
नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु भई दिउँसो २ बजेसम्म चलेको थियो ।
संसद्मा हाल कायम रहेका ५९७ सदस्य मध्ये ५४९ जनाले मतदानमा भाग लिनुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
मतदानमा ४७ सांसद् अनुपस्थित रहनुभएको छ । एक सांसद् निलम्बनमा रहेकाले मतदानमा भाग लिन पाउनुभएन । मतदान सकिएकाले अब अपरान्ह २ः३० बाट मतगणना प्रारम्भ हुने छ भने साँझ ५ बजे बस्ने संसदको वैठकमा मत परिणाम घोषणा गरिनेछ ।
राष्ट्रपतिमा नेकपा (एमाले) बाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कूलबहादुर गुरुङ प्रतिस्पर्धी हुनुहुन्छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते