
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनको लागि मतदान गर्नुहुँदै सांसद । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ ११ कातिक । राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा कूल ५४९ सांसद्ले मतदान गर्नुभएको छ ।
नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु भई दिउँसो २ बजेसम्म चलेको थियो ।
संसद्मा हाल कायम रहेका ५९७ सदस्य मध्ये ५४९ जनाले मतदानमा भाग लिनुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
मतदानमा ४७ सांसद् अनुपस्थित रहनुभएको छ । एक सांसद् निलम्बनमा रहेकाले मतदानमा भाग लिन पाउनुभएन । मतदान सकिएकाले अब अपरान्ह २ः३० बाट मतगणना प्रारम्भ हुने छ भने साँझ ५ बजे बस्ने संसदको वैठकमा मत परिणाम घोषणा गरिनेछ ।
राष्ट्रपतिमा नेकपा (एमाले) बाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कूलबहादुर गुरुङ प्रतिस्पर्धी हुनुहुन्छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग