
काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा आज सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन् ।
समाजका प्रतिष्ठित व्यक्तित्व, महिला, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती एवम् जङ्गी सेवाका बहालवाला तथा पूर्वकर्मचारीलगायत सयौँ नेपाली नागरिकलाई राष्ट्रपतिले टीका लगाइदिएर राष्ट्र र देशवासीको सुख, समृद्धि र शान्तिको कामना गरे ।
राष्ट्रपति कार्यालयले विजयादशमीका दिन आज इच्छुक सर्वसाधारणलाई राष्ट्रपतिको हातबाट टीका लगाउनका लागि अपराह्न १ः३० बजेदेखि साँझ ५ बजेसम्म शीतल निवासको ढोका खुला गरेको थियो ।
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी