काठमाण्डौं । नेकपा एमाले संसदीय दलका नेता के पी शर्मा ओली नेपालको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । आइतबार संसदमा भएको मतदानमा ओलीले ३३८ मत ल्याइ प्रधानमन्त्रीका अर्का प्रत्यासी सुशिल कोइरालालाई पराजित गरेका हुन् ।
कुल ५८७ मत खसेकामा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री कोइरालाले जम्मा २४९ मत ल्याए ।
ओली प्रधानमन्त्री निवार्चित भएको घोषणा गर्दै सभामुख सुवास नेम्वांगले आफ्नो व्यक्तिगत र व्यवस्थापिका संसदको तर्फबाट बधाइ दिएका छन् ।
ओलीलाई एकीकृत नेकपा(माओवादी) र राप्रपा नेपालसहित साना दलले मतदान गरेका थिए ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ओलीको प्रस्तावक थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा एमाले अध्यक्ष ओलीले सरकार नेतृत्वको सौभाग्य पाएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने