अल्डरसट । बेलायतभरका घले समुदायको वृहत भेला गत २६ सेप्टेम्बर २०१५ का दिन भेटघाट रेस्टुरेन्ट अल्डरसटमा सम्पन्न भएको छ । सो भेलामा बेलायतभर छरिएर रहेका डाङ्गे, साप्री, घेल्ताङ र रेलाङ चारै थरका घलेहरुको ठूलो संख्यामा सहभागिता थियो । कार्यक्रमको शुरुमा संस्थाका अध्यक्ष टीकाराम घलेले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रम पश्चात डा. गौरव घले, बारपाकी समाजका सचिव जित घलेलगायत विभिन्न विषयमा दक्षता हासिल गरेका महानुभावलाई खादा ओढाई सम्मान गरिएको थियो ।
संस्थाका पूर्व सचिव तथा जनजाति महासंघ बेलायतका महासचिव धन घलेले घले जातको अभिवादन ‘स्युब ख्यङ्ग’ (नमस्ते) भन्ने शव्द प्रस्तुत गर्दै घले जाति विश्वमा विश्व विजेताको नामले चिनिएको बताए । उनले ऐतिहासिक युद्धस्थल नालापानी किल्लाका निर्माता कप्तान अंगद घले, दोस्रो विश्वयुद्धको विजेता वीरहरुको पनि वीर भीसी गजे घले, एनआरएनए यूकेका वर्तमान अध्यक्ष शेष घले आदि घलेहरु प्रख्यात रहेको पनि उल्लेख गरे ।
उनले संसारभर प्रख्यात रहेका घले (लिःल) जातिहरु आफ्नै देशमा भने आजसम्म कानुनीरुपले चिनिन सकिरहेका छैनन् भन्दै घले जातिहरु आफ्नै देशमा पहिचान विहिन भएर बांच्नु परेको यथार्थ पोखे ।
उनले हालै नयां संविधानको अध्याय २७ र धारा २६१ मा लेखिएको आदिवासी जनजाति आयोग गठनमा घलेहरुलाई पनि संलग्न गराउनु पर्ने अन्यथा आन्दोलन गरिने चेतावनी दिए । आफूले विभिन्न पन्ध्र देशमा रहेका संघर्ष समितिहरुको संयोजन गर्दै नेपालमा घले समाजको कार्यालय खोलिसकेको पनि उनले जानकारी दिए । उनले अनुसुचीमा घले जातिलाई पार्न सबैसंग सहयोगको पनि आव्हान गरे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजु घले, कोषाध्यक्ष लाल घले, कोअर्डिनेटर दिल घले तथा बारपाकी समाजका अध्यक्ष मिन घले, उपाध्यक्ष सुर घले, सचिव जित घले र पूर्वअध्यक्ष डम्बर घले लगायतको उपस्थिति थियो ।
सचिव मानध्वज घलेद्वारा संचालित सो कार्यक्रमको अन्तमा उनकै म्यूजिकमा नाचगान गरी सहभागीले भरपुर मनोरञ्जन लिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा