अल्डरसट । बेलायतभरका घले समुदायको वृहत भेला गत २६ सेप्टेम्बर २०१५ का दिन भेटघाट रेस्टुरेन्ट अल्डरसटमा सम्पन्न भएको छ । सो भेलामा बेलायतभर छरिएर रहेका डाङ्गे, साप्री, घेल्ताङ र रेलाङ चारै थरका घलेहरुको ठूलो संख्यामा सहभागिता थियो । कार्यक्रमको शुरुमा संस्थाका अध्यक्ष टीकाराम घलेले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रम पश्चात डा. गौरव घले, बारपाकी समाजका सचिव जित घलेलगायत विभिन्न विषयमा दक्षता हासिल गरेका महानुभावलाई खादा ओढाई सम्मान गरिएको थियो ।
संस्थाका पूर्व सचिव तथा जनजाति महासंघ बेलायतका महासचिव धन घलेले घले जातको अभिवादन ‘स्युब ख्यङ्ग’ (नमस्ते) भन्ने शव्द प्रस्तुत गर्दै घले जाति विश्वमा विश्व विजेताको नामले चिनिएको बताए । उनले ऐतिहासिक युद्धस्थल नालापानी किल्लाका निर्माता कप्तान अंगद घले, दोस्रो विश्वयुद्धको विजेता वीरहरुको पनि वीर भीसी गजे घले, एनआरएनए यूकेका वर्तमान अध्यक्ष शेष घले आदि घलेहरु प्रख्यात रहेको पनि उल्लेख गरे ।
उनले संसारभर प्रख्यात रहेका घले (लिःल) जातिहरु आफ्नै देशमा भने आजसम्म कानुनीरुपले चिनिन सकिरहेका छैनन् भन्दै घले जातिहरु आफ्नै देशमा पहिचान विहिन भएर बांच्नु परेको यथार्थ पोखे ।
उनले हालै नयां संविधानको अध्याय २७ र धारा २६१ मा लेखिएको आदिवासी जनजाति आयोग गठनमा घलेहरुलाई पनि संलग्न गराउनु पर्ने अन्यथा आन्दोलन गरिने चेतावनी दिए । आफूले विभिन्न पन्ध्र देशमा रहेका संघर्ष समितिहरुको संयोजन गर्दै नेपालमा घले समाजको कार्यालय खोलिसकेको पनि उनले जानकारी दिए । उनले अनुसुचीमा घले जातिलाई पार्न सबैसंग सहयोगको पनि आव्हान गरे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजु घले, कोषाध्यक्ष लाल घले, कोअर्डिनेटर दिल घले तथा बारपाकी समाजका अध्यक्ष मिन घले, उपाध्यक्ष सुर घले, सचिव जित घले र पूर्वअध्यक्ष डम्बर घले लगायतको उपस्थिति थियो ।
सचिव मानध्वज घलेद्वारा संचालित सो कार्यक्रमको अन्तमा उनकै म्यूजिकमा नाचगान गरी सहभागीले भरपुर मनोरञ्जन लिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो