
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले भारतले झण्डै दुई सातादेखि नेपालमा लगाइरहेको अघोषित नाकावन्दी विरुद्ध लन्डनस्थित भारतीय हाइ कमिशनमा विरोध प्रदर्शन गरेको छ ।
बुधवार विहान हाइ कमिशन कार्यालय अल्डवीच पुगेर एनआरएन युकेका पदाधिकारीले ज्ञापन पत्र समेत बुझाएका छन । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले मिनिस्टर फर कोअर्डिनेशन मार्फत भारत सरकारलाई नेपालमा लगाइएको अघोषित नाकावन्दी तत्काल खोल्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा नाकावन्दीपछि नेपालमा जनजीवन अस्तव्यस्त भएको जनाउदै पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक बस्तुको आपुर्ति सुचारु गर्न भारतसँग माग गरिएको छ । आफूलाई प्रजातान्त्रिक मुलुक भन्न रुचाउने भारतले नाकाबन्दी खालेर आफ्नो भनाइ सार्थक तुल्याउने विश्वास समेत ज्ञापनमा छ ।
लामो समयदेखि नेपाल भारत कुटनीतिक सम्बन्ध प्रगाढ रहेको स्मरण गराउदै पत्रमा अन्तराष्ट्रिय कानुन र सन्धी पालना गरेर भारतले अघोषित नाकावन्दी फिर्ता लिने अपेक्षा गरिएको छ । पत्र बुझाउन अध्यक्ष गुरुङलगायत दुई दर्जन व्यक्तिहरु हाइ कमिशन कार्यालय पुगेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो