
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले भारतले झण्डै दुई सातादेखि नेपालमा लगाइरहेको अघोषित नाकावन्दी विरुद्ध लन्डनस्थित भारतीय हाइ कमिशनमा विरोध प्रदर्शन गरेको छ ।
बुधवार विहान हाइ कमिशन कार्यालय अल्डवीच पुगेर एनआरएन युकेका पदाधिकारीले ज्ञापन पत्र समेत बुझाएका छन । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले मिनिस्टर फर कोअर्डिनेशन मार्फत भारत सरकारलाई नेपालमा लगाइएको अघोषित नाकावन्दी तत्काल खोल्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा नाकावन्दीपछि नेपालमा जनजीवन अस्तव्यस्त भएको जनाउदै पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक बस्तुको आपुर्ति सुचारु गर्न भारतसँग माग गरिएको छ । आफूलाई प्रजातान्त्रिक मुलुक भन्न रुचाउने भारतले नाकाबन्दी खालेर आफ्नो भनाइ सार्थक तुल्याउने विश्वास समेत ज्ञापनमा छ ।
लामो समयदेखि नेपाल भारत कुटनीतिक सम्बन्ध प्रगाढ रहेको स्मरण गराउदै पत्रमा अन्तराष्ट्रिय कानुन र सन्धी पालना गरेर भारतले अघोषित नाकावन्दी फिर्ता लिने अपेक्षा गरिएको छ । पत्र बुझाउन अध्यक्ष गुरुङलगायत दुई दर्जन व्यक्तिहरु हाइ कमिशन कार्यालय पुगेका थिए ।
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन