लन्डन । काठमाण्डौंमा एक साता नबित्दै एक करोड रुपैंया बढिको व्यापार गर्न सफल अहिलेको सर्वाधिक सफल चलचित्र वडा नम्बर ६ बेलायतमा समेत प्रदर्शन हुने भएको छ । आगामी २४ अक्टोबर सांझ ६ बजे द इम्पायर हाउस, अल्डरसटमा फिल्म प्रदर्शन हुन लागेको हो । नेपलिज इन्टरटेनमेन्टका लागि वीरेन खड्का र अनिल मल्लले फिल्म बेलायतमा ल्याएका हुन् । खड्कालाई उक्त फिल्म बेलायतभर प्रदर्शन गर्ने अधिकार छ ।
यसअघि मह जोडी, अन्जु पन्त, शिव परियार, प्रियंका कार्की लगायत लोकप्रिय कलाकार झिकाएर बेलायतमा सफल कार्यक्रम गरिसकेका खड्काले दशैं तिहार शुभकामनासहित भरपुर मनोरन्जन दिन वडा नम्बर ६ देखाउन लागिएको जनाए । विदेशमा नेपाली चलचित्र प्रवर्धन गर्ने सोच समेत आफूहरुको भएको खड्काले बताए ।
उनले रसमुर क्षेत्रका लागि निरमाया रोधीघर, मःम स्टेशन, हिमालयन जाभा, क्वालिटी फुड्स, गोर्खा भिल्ला रेष्टुरेन्ट, मालिङ्गो रेष्टुरेन्ट, नाङ्लो रेष्टुरेन्ट र नमुना हेयर एण्ड ब्युटी सैलुनमा टिकट उपलव्ध हुने जनाए । टिकट मुल्य एड्भान्समा लिए जम्मा दश पाउण्ड र प्रवेशद्वारमा लिए १५ पाउण्ड लाग्ने आयोजकले जनाएका छन् ।
करिब ८० लाख रुपैयांको लगानीमा बनेको उक्त चलचित्र उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढो), सिताराम कट्टेल (धुर्मुस), विल्सन विक्रम राई (तक्मे बुढो),
राजाराम पौडेल जस्ता चर्चित हास्यंकलाकारसहित अभिनेता नीर शाह, नायिका प्रियंका कार्की, सन्दिप क्षेत्री, दयाहाङ राई लगायतको अभिनय छ ।
हांस्यकलाकारहरुको निर्माण र अभिनय भएपनि माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शक मन जितेको विश्लेषकहरुको भनाइ छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते