लन्डन । गोर्खाहरुको दोश्रो घर बेलायतस्थित फोकस्टोन केन्टमा गोर्खा स्मारक बनेको छ । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा निर्मित उक्त स्मारकको ब्रिटिश अभिनेत्री जोआना लुम्लेले आइतबार भव्य समारोहबीच उद्घाटन गरिन् । भूपू गोर्खाहरुले नेपाली चेली मान्ने यीनै अभिनेत्री पहलमा भूपू गोर्खा र तिनका परिवारले सन् २००९ मा आवासीय अधिकार पाएका थिए ।
उद्घाटनका लागि महिला नेतृ एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले पनि साथ दिएकी थिइन् ।
करिब डेढ करोड रुपैयांको लागतमा निर्मित उक्त स्मारक गार्डेन अफ रिमेम्बरेन्स् पार्कमा अवस्थित छ, जसको तौल ७.८ टन र उचाईं ६ फुट छ । स्मारकले आधुनिक युद्धका लागि पोशाक लगाएर हतियारसहित तम्तयार एक गोर्खा योद्धालाई झल्काइरहेको छ ।
उद्घाटनपछि अभिनेत्री लुम्लेले स्मारकले ब्रिटेन नेपाल सम्वन्ध अरु गाढा बनाउने विश्वास व्यक्त गरिन् । यसले बेलायत रहेका गोर्खा, नेपालीप्रति बेलायती जनताको सुमधुर सम्वन्ध थप अभिवृद्धि गर्ने पनि लुम्लेले जनाइन् । उनले स्मारक गोर्खा इतिहासमा ऐतिहासिक रहेको समेत उल्लेख गरिन् ।
नेतृ कोइरालाले स्मारकले दुई देशबीचको सम्वन्ध अरु प्रगाढ बनाउने बताइन् । उनले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउंदै भूकम्पपछि बेलायतको सहयोगप्रति आभार समेत व्यक्त गरिन् । नेपाल भ्रमण गरेर सहयोग गर्न पनि उनको आग्रह थियो ।
उद्घाटन समारोहमा जोआना र सुजातालाई ब्रिगेड अफ गोर्खाज् सेकेन्ड बटालियन, दि रोयल गोर्खा राइफल्स्का जवानहरुले भव्य सलामी दिए । उक्त अवसरमा दुई सय वटा रंगीन बेलुन उडाइएको थियो ।
स्मारकका परिकल्पनाकार पूर्व काउन्सिलर एवं गोर्खा मेमोरियल फण्डका संस्थापक अध्यक्ष धन गुरुङ ६ वर्ष अघि फोकस्टन टाउनको काउन्सिलर छंदा गोर्खा इतिहास जीवन्त राख्न परिकल्पना गरेको आफ्नो प्रोजेक्टले साकार रुप लिएपछि दंग देखिन्थे । समारोहमा गुरुङले स्मारकले आधुनिक गोर्खाहरुको प्रतिनिधित्व गर्ने अपेक्षा व्यक्त गर्दै स्मारकबाट दोश्रो पुस्ताका नेपाली र बेलायती युवाले गोर्खाबारे शिक्षा लिने विश्वास समेत व्यक्त गरे ।
‘यो प्रथम र दोश्रो विश्वयुद्धमा लडेका करिब दुई लाख गोर्खा र युद्धमा ज्यान गुमाएका करिब ४६ हजार योद्धाहरुको सम्मानमा पनि समर्पित छ’, गुरुङ भन्दै थिए ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल