लन्डन । लिभर फेल भइ जीवनमरणको दोसांधमा रहेका कांग्रेस युवा नेता एवं नेविसंघका पूर्व महामन्त्री उमेशजंग रायमाझीको उपचारार्थ देश विदेशबाट सहयोग आउने क्रम जारी छ ।
एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डितले बेलायतबाट शुरु गरेको सहयोग संकलन अभियान अहिले विश्वभर फैंलदैछ । उनको वचाउका लागि थालिएको अभियानमा अहिले विद्यार्थी देखि एनआरएन अगुवासम्मले सहयोग गरिरहेका छन् ।
आफ्ना समकालिन नेताको स्वास्थ्यस्थिति बिग्रिएपछि कांग्रेस युवा नेता एवं समाजसेवी पण्डितले थालेको अभियानमा बेलायतबाट मात्रै ११ लाख रुपैयां संकलन भइ रायमाझीको खातामा पठाइसकिएको जनाए । पण्डितले रायमाझीको जिवनरक्षाका लागि सहयोग प्रदान गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै सहयोगका लागि अरुलाई समेत आग्रह गरेका छन् । पण्डितले अन्य विभिन्न देशबाट प्राप्त आश्वासनले रायमाझीको जीवन रक्षा गर्न सकिनेमा आशा जागेको समेत बताए ।
रायमाझीलाई एनआरएन अगुवाहरुले पनि सहयोग प्रदान गरेका छन् । एनआरएनए अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट र महासचिव कुमार पन्तले क्रमशः ५, २ र अढाइ लाख रुपैयां सहयोग गरेका हुन् ।
कलेजो प्रत्यारोपणका लागि उनलाई भारी रकम आवश्यक छ । सहयोग गर्न चाहनेले माथिको तस्विरमा उल्लेख गरिएको बैंक खातामा रकम पठाउन सक्नेछन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो