लन्डन । मनदेखि नै लगाव भए केही काम गर्न समय र पैसाले रोक्दैन । आरजु सन्जेल लन्डनमा अध्ययनरत अकाउन्टको विद्यार्थी हुन् तर उनको कलाप्रतिको समर्पण उत्तिकै बढि छ । उनले यूकेको व्यस्तताबीच लन्डनमा चित्रकला प्रदर्शनी गर्ने सोच यथार्थमा परिणत गरेरै छाडिन् । लन्डनस्थित नर्थहोल्ट लाइब्रेरीमा गत मंगलबार देखि उनको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ जुन आगामी मंगलबारसम्म रहनेछ । प्रदर्शनीमा एक दर्जन चित्र टांगिएका छन् ।
प्रदर्शनीमा रहेका मध्ये ९ वटा चित्र चारकोल र ग्राफीट अनि बांकी तीनवटा पानी रंग र पेस्टल मिश्रणबाट बनाइएको आरजुले जनाइन् । ए थ्री र ए फाइभ साइजका ति चित्रले नेपालको प्रकृति समेत झल्काएका छन् । नेपालको लेक पनि उनको प्रदर्शनीमा समावेश छ । १८ वर्ष देखि उनले चित्र कोर्न थालेकी हुन् । एसीसीएको तीनवटा पेपर सकिएपछि उनी कलातिर झन् बढि समर्पित भइन् । १८ वर्ष छंदा उनलाई फोटोग्राफीको नशा समेत चढेर डिएसएलआर क्यामेरा नै किनेकी आरजु जीवनमा केही पृथक कुरा गर्न सधैं हौसिन्छिन् । फुर्सदमा उनी नयां प्रविधिबारे जान्न बुझ्न यूट्युव हेरिरहन्छिन् । सप्ताहन्त पुस्तकालयमा गएर कला सम्वन्धि पुस्तक अध्ययन उनको बानी हो । चित्र कोर्ने बेला यदाकदा कल्पनामा हराउंछिन् उनी । महिला, प्रकृति उनका रोजाइका विषयमा पर्छन् ।
हाल एसीसीएको विद्यार्थी भएपनि आर्ट विषय अध्ययनका लागि उनी अर्को वर्ष विश्वविद्यालय जाने सोचाइमा छिन् । बाबा देवकृष्ण सन्जेल र आमा मिरा खतिवडा सन्जेलकी सुपुत्री आरजु काठमान्डूमा जन्मिएकी हुन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित