नेपाल स्वास्थ्य विज्ञान व्यवसायी सङ्घ, काठमाडौँ र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिको आयोजनामा आज यहाँ भएको ‘अघोषित नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा परेको प्रभाव र समाधान’ विषयक अन्तरक्रियामा तिनीहरुले पेट्रोलियम पदार्थको अभावका कारण मौज्दात औषधिसमेत सम्बन्धित स्थानमा पुरयाउन नसकिएको बताएका हुन् ।
औषधि व्यवसायी सङ्घका महासचिव हरि बिँडारीले करिब तीन महिना पुग्ने औषधि मौज्दात रहेको जानकारी दिँदै आफूहरु अभाव भएका जिल्लामा पुरयाउन तयार रहेको त्यसका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य सेवा विभागका उपसचिव डा रमेश खरेलले भारतबाट मात्र नभई अन्य तेस्रो मुलुकबाट पनि औषधि आयात गर्दै आइरहेकाले औषधिको अभाव भने नहुने तर सम्बन्धित स्थान पुरयाउन समस्या भइरहेको बताए ।
नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले भारतको अघोषित नाकाबन्दीलाई भन्दा तराईका नेताले गरेको घोषित नाकाबन्दीलाई कसरी मत्थर गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य विज्ञान व्यवसायी सङ्घका अध्यक्ष नवराज बस्नेत, भेटेरिनरी आयातकर्ता सङ्घका अध्यक्ष डा हर्षरत्न शाक्यलगायतले तराई बन्दका कारण ५० दिनदेखि आपूर्तिमा समस्या भइरहेका बेला भारतको नाकाबन्दीले झन् मर्माहित पारेको बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते