लन्डन । लन्डनस्थित कानुनका एकजना ज्ञाता प्रा. डा. सूर्य सुवेदीले भारतले हाल गरिरहेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन सम्मत नभएको टिप्पणी गरेका छन् । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सुवेदीले सन् १९६५ को पारवहन सन्धि र नेपाल भारत डब्लुटिओको सदस्य भएका हैसियतले भारतले आपूर्तिमा रोकतोक गर्नु अन्तर्राष्ट्रिय कानुन विपरित भएको उल्लेख गरे ।
भारतले आधिकारिक रुपमा नाकाबन्दी गरिएको नभनेको अवस्थामा नकारात्मक सोच्नु अलिक हतार हुने जनाउंदै नेपाल भारत बुझेका सुवेदीले भने, ‘आधिकारीक नभएपनि व्यवहारतः नाकाबन्दी जस्तो देखिएको छ । यस्तो गर्न अन्तर्राष्ट्रिय कानुनले भारतलाई अनुमति दिंदैन ।’
उनले सन् १९८९ मा भारतले आधिकारिक रुपमै दुईवटा नाकामात्र सञ्चालन गर्न सकिने बताएको उल्लेख गर्दै भने, ‘यसपटक औपचारिक रुपमै नाकाबन्दी गरिए नेपाल यस मुद्दा लिएर डब्लुटिओमा जान सक्छ ।’
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ