
लन्डन । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ९० औं जन्मदिनका अवसरमा बेलायतका साहित्यकारहरुले घिमिरेको निवासमा गएर शुभकामना दिएका छन् । नेपाली साहित्य विकास परिषद र यसको नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमिति पदाधिकारीहरुले नयां ढंगले राष्ट्रकविको जन्मदिन मनाएका हुन् ।
बेलायतबाट गएका नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा वर्तमान अध्यक्ष साहित्यकार सुरेशजंग शाहका साथ नेपाल च्याप्टरका सल्लाहकार गोपाल पराजुली सहित कार्यसमितिका पदाधिकारीहरू अध्यक्ष साहित्यकार इल्या भट्टराई, महासचिव पत्रकार हरिशरण लामिछाने, कोषाध्यक्ष साहित्यकार मुक्ति घिमिरे, समालोचक डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार पत्रकार जयदेव भट्टराई, साहित्यकार ललिता दोषी, साहित्यसेवी राजेशजंग शाह आदिले राष्ट्रकविको निवासमा गएर फूलमाला, फल र सगुन दिई शुभकामना अर्पण गरेर दीर्घायुको कामना गरे ।
उक्त अवसरमा राष्ट्रकविले उठेका साहित्यिक प्रश्नको उत्तर दिँदै आफ्नो महाकाव्य अर्को जन्मदिनसम्ममा बाहिर आउने बताए ।
जन्म दिनको शुभकामना दिन गएको साहित्यकारहरुको टोलीले राष्ट्रकविको साहित्यिक सङ्ग्रहालय अवलोकन गरी उनीप्रति सम्मान अर्पण गरेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो