सरकारले ६ देशमा राजदूत नियुक्तिका लागि बिहीबार सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले क्यारियर डिप्लोम्याटबाट खगनाथ अधिकारीलाई थाईल्याण्ड, दीपक धिताललाई राष्ट्र संघीय स्थायी नियोग (जेनेभा)-स्वीट्जरल्यान्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडा र अम्बिका लुईटेललाई फ्रान्सको लागि राजदूत सिफारिस गरेको हो ।
बेलायतस्थित नेपाली दूतावास राजदूतबिहीन भएपनि सरकारले नियुक्त गरेको छैन । सुरेशराज चालिसे फेब्रुअरीमा नेपाल फर्केदेखि दूतावास राजदूतविहीन रहँदै आएको छ । आर्कषक पोस्टिङ मानिने बेलायतमा आफ्नै मानिसलाई राजदूत बनाउन सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको जोड छ ।
नियुक्ति गरेको व्यक्तिमाथि संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै सिफारिस भएको व्यक्तिलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने छन् । भारत लगायत  दर्जन कुटनीतिक नियोग प्रमुख खाली  छ । सत्तारुढ दलहरुबीच भागबण्डा नमिल्दा नियुक्ति प्रक्रिया रोकिएको हो । भारत, जर्मनी, अमेरिका, इजिप्ट, कतार, श्रीलंका, कुवेत र ब्राजिल, बहराइन रओमनमा 
राजदूत नियुक्त गर्न बाँकी छ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल