भक्तपुर, २५ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच आज बिहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।
भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताए । राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राखेको उनले जनाए ।
संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानुपर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
उता, भारतीय राजदूत रायले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालसंग पनि भेटवार्ता गरेका छन् । ।
भेटवार्तामा संविधान लेखन प्रक्रिया र यसमा राजनीतिक दलहरुले निभाउँदै आएको भूमिकाका विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा अध्यक्ष दाहालले सबै पक्षको सहमतिमा छिटोभन्दा छिटो संविधान जारी गर्न प्रमुख राजनीतिक दल क्रियाशील रहेको बताएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा विभिन्न समुदायले प्रकट गरिरहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न जारी राखिएको समेत अध्यक्ष दाहालले बताएका थिए ।
राजदूत रायले छिटोभन्दा छिटो संविधान जारी होस् भन्ने पक्षमा भारत रहेको जानकारी दिँदै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन अधिकतम प्रयत्न गर्न अध्यक्ष दाहाललाई आग्रह गरेको बताइएको छ ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान