काठमाडाँै, २१ भदौ । राप्रपा नेपालले धर्म निरपेक्षताको खारेजी र हिन्दूराष्ट्रको सुनिश्चितालगायत पार्टीको ‘एजेण्डा’ स्थापित गर्न पार्टी अन्तिम घडिसम्म सशक्त ढङ्गले क्रियाशील रहने जनाएको छ ।
पार्टीले केही सीमित राजनीतिक दलका नेताको दम्भ, अदूरदर्शीता र सत्ता स्वार्थका कारण संविधान निर्माणको पूर्वसन्ध्यामा देशको विभिन्न भागमा देखा परेका आन्दोलन र विद्रोहको अवस्था तथा मधेस केन्द्रित सबै राजनीतिक दल संविधान निर्माण प्रक्रियाबाट अलग भएको स्थितिप्रति चिन्ता प्रकट गरेको छ ।
यसै क्रममा भदौ महिनाभित्रै पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण विस्तारित बैठक काठमाडौँमा बस्ने र मुलुकको विग्रदो वर्तमान परिस्थितिमा नयाँ संविधानमा आफ्नो कार्यसूची स्थापनाका लागि दबाब दिन काठमाडौँमा जनप्रदर्शन गरिने निर्णय गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका