
लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले भूकम्प पीडितलाई सहयोग
गर्ने दाताहरुप्रति आभार व्यक्त गरेको छ । शनिवार लन्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रमबीच उसका करिब ५ सय दाताहरुप्रति आभार व्यक्त गर्दै भूकम्प प्रभावित क्षेत्रमा प्रत्यक्ष खटिने नर्सहरुलाई मेडल र प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
भूकम्प लगत्तै एसोसिएसनले आर्थिक संकलन अभियानका साथै एसोसिएसन आवद्ध १७ जना नर्सहरुलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएर मानवीय सहायताको एउटा अनुपम उदाहरण प्रस्तुत गरेको थियो । एसोसिएसनले विभिन्न अस्पताल,संघसंस्था र अन्य व्यक्तिहरुलाई समेत सम्मान गरेको छ ।
एसोसिएसनकी अध्यक्ष सुशिला कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा एसोसिएसनले भूकम्प विशेष आफ्नो वार्षिक स्मारिकासमेत विमोचन गर्यो । स्मारिकामा भूकम्प प्रभावित क्षेत्रमा खटिएका नर्सहरुको प्रतिवेदन, दाताहरुको नामावली लगायत भूकम्प विशेष सामाग्री समावेश छ ।
समारोहमा नर्सहरुको प्रोफेशनल बडी आवद्ध अधिकारीहरु पनि सहभागी थिए । कार्यक्रममा रोयल कलेज अफ नर्सिङ चिफ इयान नोरिस, ब्रिटिश आनास्थेटिक एण्ड रिकभरी नर्र्सेस् एसोसिएसन (बार्ना) की अध्यक्ष माण्डा, साउथहल तथा इलिङ सांसद वीरेन्द्र शर्मा, ग्रीनवीच काउन्सिलका लर्ड मेयर नोरम्यान आदम, अधिकांश काउन्सिलरहरु, पत्रकार, नर्स लगायत सहभागी थिए ।
कार्यक्रममा भूकम्पले क्षतविक्षत नेपालको दृश्य देखाइंदा सहभागी भावुक बनेका थिए ।
कार्कीले मन्तव्यका क्रममा सबैदाताहरुप्रति धन्यवाद व्यक्त गर्दै सिन्धुपाल्चोकको ज्यामिरेमा निर्माणाधिन हेल्थ पोष्ट प्रोजेक्टबारे अवगत गराएकी थिइन् । उनले एसोसिएसनले २८ हजार पाउण्ड संकलन गरेको जनाउंदै संकलित रकममध्ये करिब १९ हजार खर्च भइसकेको उल्लेख गरिन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित