
लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले भूकम्प पीडितलाई सहयोग
गर्ने दाताहरुप्रति आभार व्यक्त गरेको छ । शनिवार लन्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रमबीच उसका करिब ५ सय दाताहरुप्रति आभार व्यक्त गर्दै भूकम्प प्रभावित क्षेत्रमा प्रत्यक्ष खटिने नर्सहरुलाई मेडल र प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
भूकम्प लगत्तै एसोसिएसनले आर्थिक संकलन अभियानका साथै एसोसिएसन आवद्ध १७ जना नर्सहरुलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएर मानवीय सहायताको एउटा अनुपम उदाहरण प्रस्तुत गरेको थियो । एसोसिएसनले विभिन्न अस्पताल,संघसंस्था र अन्य व्यक्तिहरुलाई समेत सम्मान गरेको छ ।
एसोसिएसनकी अध्यक्ष सुशिला कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा एसोसिएसनले भूकम्प विशेष आफ्नो वार्षिक स्मारिकासमेत विमोचन गर्यो । स्मारिकामा भूकम्प प्रभावित क्षेत्रमा खटिएका नर्सहरुको प्रतिवेदन, दाताहरुको नामावली लगायत भूकम्प विशेष सामाग्री समावेश छ ।
समारोहमा नर्सहरुको प्रोफेशनल बडी आवद्ध अधिकारीहरु पनि सहभागी थिए । कार्यक्रममा रोयल कलेज अफ नर्सिङ चिफ इयान नोरिस, ब्रिटिश आनास्थेटिक एण्ड रिकभरी नर्र्सेस् एसोसिएसन (बार्ना) की अध्यक्ष माण्डा, साउथहल तथा इलिङ सांसद वीरेन्द्र शर्मा, ग्रीनवीच काउन्सिलका लर्ड मेयर नोरम्यान आदम, अधिकांश काउन्सिलरहरु, पत्रकार, नर्स लगायत सहभागी थिए ।
कार्यक्रममा भूकम्पले क्षतविक्षत नेपालको दृश्य देखाइंदा सहभागी भावुक बनेका थिए ।
कार्कीले मन्तव्यका क्रममा सबैदाताहरुप्रति धन्यवाद व्यक्त गर्दै सिन्धुपाल्चोकको ज्यामिरेमा निर्माणाधिन हेल्थ पोष्ट प्रोजेक्टबारे अवगत गराएकी थिइन् । उनले एसोसिएसनले २८ हजार पाउण्ड संकलन गरेको जनाउंदै संकलित रकममध्ये करिब १९ हजार खर्च भइसकेको उल्लेख गरिन् ।
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ