बर्लिन (जर्मनी), २० भदौ । जर्मनीको प्रहरीले करिब ५००० आप्रवासी आइतबार जर्मनी प्रवेश गरेको जनाएको छ ।
आइतबार सबेरै ३००० विदेशी शरणार्थी जर्मनी आइपुगेका यहाँको प्रहरीका प्रवक्ताले जनाए ।
यसअघि शनिबार करिब ८००० शरणार्थी जर्मनी छिरेका थिए । उनीहरु हङ्गेरीबाट बस तथा रेल मार्ग हुँदै जर्मनी आइपुगेका उनले बताए ।
धेरै आप्रवासी हङ्गेरीबाट अस्ट्रिया हुँदै जर्मनीको म्युनिक पुगेका हुन् । प्रहरीले आइतबार मात्रै १० हजार भन्दा बढी शरणार्थी जर्मनी आइपुग्ने अनुमान गरेको छ ।
आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो