रियाद, २१ साउन । साउदी अरेबियाको दक्षिणी भूभागमा अवस्थित एक मस्जिदमा भएको बम हमलामा परी कम्तीमा पनि १७ जना प्रहरीको ज्यान गएको छ ।
प्राप्त समाचारअनुसार सो मस्जिदमा इस्लामिक स्टेट, आईएसले सो हमला गरेको हो । उक्त हमलामा परी अरु पनि कयौँ नागरिक घाइते भएका छन् ।
घाइते नागरिकको सङ्ख्या अझै स्पष्ट हुन सकिरहेको छैन । बम शक्तिशाली रहेकोले घाइते नागरिकको सङ्ख्या पनि निकै धेरै हुनसक्ने आशङ्का गरिएको छ ।
उक्त हमलाको जिम्मेवारी आईएसले लिएको छ । आईएसले यस्तै हमला गत महिना पनि गरेको थियो । उसले अरबका सिया मुस्लिम समूहलाई लक्ष्य गरी सो हमला गरेको बताइएको छ ।
साउदी अरेबियाको गुप्तचर निकायले त्यहाँका मस्जिदहरुमा हुनसक्ने भनिएका आक्रमणका घटनाको बारेमा आवश्यक सूचना प्राप्त गरेको जानकारी दिएको थियो ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने