लण्डन । नेपलिज डक्टर्स एसोसिएसन (एनडिए) युकेको अध्यक्षमा डा. बिना थेबे निर्वाचित भएकी छिन् ।
एसोसिएसनको हालै युकेमा सम्पन्न साधारण सभाले डा. थेबेलाई अध्यक्षमा चुनेको हो ।
सन् १९८५ मा स्थापित एसोसिएसनमा निर्वाचित हुने डा. थेबे पहिलो महिला अध्यक्ष हुन् ।
साधारण सभाले निर्वाचित गरेको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष डा. अरूणकुमार झा, उपाध्यक्षमा डा. सबिन जोशी, महासचिवमा कमल अर्याल, कोषाध्यक्षमा डा. बन्दना कर्ण, सहसचिवमा डा. रविन शेरचनलाई चुनेको छ । यस्तै सदस्यहरूमा श्रीमती डा. इभा गौतम, डा. किशोर लेखक, डा. सचिन गुरूङ, डा.विक्षण राइ र डा. लक्ष्मण पौडेल रहेका छन् ।
सन् १९५० को दशकबाट नेपाली चिकित्कहरू युकेमा अध्ययनका लागि अाउन शुरू गरेका हुन् ।
तीन दिने साधारणसभामा साँस्कृतिक कार्यक्रम, विज्ञान सम्बन्धी कार्यशाला र साधारण सभा हुने गरेको छ ।
नयाँ समितिको कार्यवधि अागामी दुइ वर्षका लागि तोकिएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित